विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेज पाको उमेरको पुरुष साथीको खोजीमा छिन् । ई-अनलाइनले उल्लेख गरे अनुसार सेलेनाले भनेकी छिन्-‘अब परिपक्क पुरुषलाई साथी बनाउँछु ।’
आफु कम उमेरको जस्तो देखिने भएकाले पनि परिपक्व साथी खोज्न समस्या भएको उनको बुझाई छ । कतिपयले अहिले पनि उनलाई १६ वर्षको जस्तो देखिने भनेर टिप्पणी गर्ने गरेका छन् । जुनकुरा उनलाई पटक्कै मन पर्दैन ।
२३ वर्षकी यी गायिका केही समयसम्म आफू भन्दा दुई वर्ष कम उमेरका पप गायक जस्टिन बिबरसँग रिलेशनमा थिईन् । पछिल्लो समय उनी म्युजिक कम्पोजर जेडसँग रिलेशनमा रहेको हल्ला पनि चल्यो । तर, यो हल्ला केबल हल्ला मात्रै भएको उनको भनाई छ ।
अर्का गायक जायन मलिकसँग पनि उनको रिलेशन रहेको हल्ला चलेको थियो । मलिकसँगको सम्बन्धवारे सोधिएको प्रश्नको जवाफ दिंदै उनले भनिन्-‘उनले डेटिङको निम्तो गरे भने अस्विकार गर्न सक्दिन ।’ उनी पछिल्लो समय अमेरिकन म्युजिक अवार्डमा नियाल होरानको साथमा देखिएकी थिईन् ।
प्रतिक्रिया 4