+
+
Shares

बिहेपछि सुमिना र रेजिना गुपचुप, हमालको सक्रियता पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १४:४३

rejina-and-sumina
बिबाह पश्चात कलाकारको क्रेज घट्छ भनिन्छ । तर, कैयौ यस्ता कलाकार पनि छन्, जसको क्रेज बिहेपछि बढेको छ । नेपालमै हेर्ने हो भने, झरना थापादेखि आर्यन सिग्देल बिहेपछि झनै चम्किए । तर, केही नेपाली कलाकार पनि छन्, जो बिहेपछि चलचित्रको पर्दामा कम देखिएका छन् त कोही पूर्ण रुपमा हराएका छन् ।

१. राजेश हमालः बिहेपछि पर्दामा हराए जस्तै भएका नायक छन्, राजेश हमाल । राजेशको क्रेज अहिले पर्दामा सकिएको टिप्पणी गर्न थालिएको छ । उनले अभिनय गरेको चलचित्र ‘बागमती र फागु’ प्रदर्शनमा त आउँदैछ । तर, नेपालका निर्माताले राजेशलाई लिएर चलचित्र बनाउने सोच बनाएका छैनन् ।

हमाल पनि सार्वजनिक कार्यक्रममा ज्यादा व्यस्त बन्न थालेका छन् । विदेशका धेरैजसो कार्यक्रममा पनि हमाललाई देख्न सकिन्छ । कुनै समय राजेश हमालको टाउको मात्र भएपनि चलचित्रमा राख्न निर्माताले लाखौ खर्च गर्थे ।

२.सुमिना घिमिरेः बिहेपछि चलचित्र क्षेत्रबाटै गुमनाम बनेकी नायिका हुन्, सुमिना घिमिरे । हुनत, सुमिनाले बिहे गर्ने तरखर गर्दा नै आफू अब यो क्षेत्रमा नर्फकने बताएकी थिइन् । बिहेपछि सुमिनालाई न त मिडियाले खोजेको छ न त चलचित्रकर्मीले । बिहे अगाडि विभिन्न कारणले चर्चामा आएकी सुमिना बिहे लगतै हराइन् र पूर्ण रुपमा ग्ल्यामर क्षेत्रबाट गुमनाम बनिन् ।

३. रेजिना उप्रेतीः नायिका रेजिना उप्रेती पनि बिहेपछि चलचित्रको पर्दाबाट हराएकी छिन् । पछिल्लो समय सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिती देखाउन थालेकी रेजिना पर्दाबाट भने टाढा छिन् । उनलाई लिएर निर्माताले चलचित्र बनाउने तयारी पनि गरेका छैनन् । रेजिनाले पनि अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेकी छैनन् । यसैले, रेजिना पनि बिहेपछि लगभग पर्दाबाट गुमनाम नै छिन् ।

४. हर्षिका श्रेष्ठः नायिका हर्षिका श्रेष्ठले अभिनय गरेको चलचित्र ‘लुटेरा’ केही हप्ता अगाडि प्रदर्शनमा त आयो, तर निर्मातासँगको लफडाले गर्दा उनको नाम खासै सुनिएन । कलकत्ताका युवकसँग बिहे गरेर धेरै समय उतै बिताउन थालेकी यी सुन्दरीको पर्दा क्रेज पनि सकिने स्थितीमा पुगेको छ । हुनत, नायिका श्रेष्ठले चलचित्रमा काम गर्दा पनि खासै उनको चर्चा थिएन । तर, बिहेपछि भने उनी हराएजस्तै छिन् ।

यी बाहेक अन्य केही कलाकार पनि छन्, जो बिहेपछि चलचित्र क्षेत्रमा सक्रिय खासै हुन सकेनन् । तर, केही कलाकार पनि छन् जसले बिहेपछि पनि आफ्नो  उपस्थिती यो क्षेत्रमा बेजोड तरिकाले अगाडि बढाएका छन् । धेरै नायिका भने बिहेपछि विदेशमै बस्न थालेका छन् । जसले गर्दा पनि उनीहरुको उपस्थिती झनै कमजोर छ, ग्ल्यामर दुनियाँमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?