+
+
Shares

मिस वर्ल्डको फाइनलमा ‘मिस नेपाल’को डान्स

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १८ गते ८:३०

Evana-Manandhar

‘मिस नेपाल २०१५’ इभाना मानन्धर यतिबेला चीनमा छिन् । चीनको सान्यामा आयोजना हुने विश्व सुन्दरी प्रतियोगीतामा उनले विश्वभरका ११४ देशका सुन्दरीसँग टाइटलका लागि प्रतिस्पर्धा गर्नेछिन् । नोभेम्बर २० मा चीनतर्फ लागेकी इभानाले यतिबेला विभिन्न क्रियाकलापमा अन्य देशका सुन्दरीले जस्तै भाग लिइरहेकी छिन् ।

डिसेम्बर १९ मा हुने फाइनल प्रतिस्पर्धाका लागि इभानाले आफू पनि कडा प्रतिस्पर्धी रहेको चुनौती अन्य देशका सुन्दरीलाई दिइरहेकी छिन् । इभाना नृत्य विधा अन्र्तगत टप १० मा छानिएकी छिन् । इभानासँगै अन्य ९ जना सुन्दरीले ‘मिस वल्र्ड’को फाइनलमा नृत्य प्रस्तुत गर्नेछन् ।

विश्वभरबाट ‘मिस वल्र्ड’को फाइनल टेलिभिजनमा हेर्ने दर्शकका लागि इभानाको नृत्य विशेष हुनेछ । यो विश्व सुन्दरी प्रतियोगिताको ६५ औं श्रृङ्खला हो । अहिलेसम्म नेपालले यो उपाधि जित्न सकेको छैन ।

सान्याको व्यूटी थिएटरमा आयोजना हुने फाइनलले एक जना सुन्दरीको शिरमा ताज पहिर्‍याउनेछ । चीन उड्नु अघि इभानाले आफू ‘मिस वल्र्ड’का लागि दाबेदार भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?