+
+
Shares

यस्ता छन्, सहजै मृत्यु रोज्ने बलिउड सेलीब्रिटी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १८ गते ८:००

jiya-andमुम्बई । पर्दामा अभिनय गर्ने क्रममा धेरै कलाकारले आफ्नै मृत्यु भएको अभिनय गरेका छन् । रिलमा मृत्युको अभिनय गर्ने कोही पनि कलाकारले रियल मृत्युको अनुभव गर्न सम्भन छैन । किनकी मृत्यु जिवनको अन्तिम प्रहर हो ।
केही कलाकार यस्ता पनि छन् जसले सहजै मृत्युलाई रोजे । पारिवारिक तनाब, कामको अभाव जस्ता कारण कतिपय कलाकारले आफैंलाई मृत्युको मुखमा धकेले ।

सिल्क स्मिताः कुनै बेला बलिउडमा नायिका सिल्क स्मिताको प्रभाव सबै भन्दा बढी थियो । दक्षिण भारतीय यी नायिका तत्कालिन समयकी ‘बोल्ड हिरोइन’को रुपमा चिनिन्थिन् ।

उनी जति छिटो चर्चाको शिखरमा पुगिन्, पतन हुन पनि बेर लागेन । फिल्म निर्माणमा लागेकी स्मिता लगानी डुबेपछि सडकमा आएकी थिईन् । भनिन्छ , यहि तनावको कारण सन १९९६, २३ सेप्टेम्बरमा उनले आत्महत्या गरेकी थिइन् । उनको सब पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो । केही ब्यक्तिहरुले भने मृत्युको कारण अरु पनि हुनसक्ने अनुमान गरेका थिए । उनको मृत्यु किन र कसरी भयो भन्नेमा आजसम्म रहस्य खुलेको छैन ।

जिया खानः सन २०१३ को ३ जुनमा जिया खान जुहुस्थित आफ्नै निवासमा मृत भेटिन् । प्रहरीले उक्त घटनालाई आत्महत्या भनेको छ । तर, जियाको परिवारले आत्महत्या नभएर हत्या नै हो भनेको छ । उनको मृत्यु किन र कसरि भयो ? आजसम्म रहस्यमै छ । जिया मात्रै त्यस्ती हिरोइन् हुन् जसले कम उमेरमै संसार त्यागिन् । मृत्यु हुँदा उनी २५ वर्षकी थिइन् ।

शिखा जोशीः ४० वर्षिय शिखा जोशीले घाँटी रेटेर आत्महत्या गरेकी हुन् । चलचित्र ‘बिए पास’मा मुख्य भूमिका निर्वाह गरेकी शिखा पछिल्लोस मय एक्ली थिइन् ।

अमेरिकामा रहेका श्रीमान र बच्चासँग अलग्गिएर मुम्बइमा कामको खोजीमा थिइन् । तर, काम भने पाइरहेकी थिइन् । उनलाई घाँटी रेटेको अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । अस्पताल जानेक्रममा एम्बुलेन्समै उनले काम नपाएकाले निराश भएर घाँटी रेटेको बताएकी थिइन् ।

सैयम खन्नाः अभिनयमा संघर्षरत मोडल सैयम खन्नाले पनि सन २०१४ मा आत्महत्या गरेकी थिइन् । उनको शब मुम्बईको वर्सोवास्थित आफ्नै फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएको थियो । उनले सुसाईट नोटमा फिल्म उद्योगमा काम नपाएकाले चिन्तित भएको उल्लेख गरेकी थिइन् । उनले जम्मा दुई फिल्ममा अभिनय पाइन् ।

विवेका बाबाजीः सन २००२ मा रिलिज भएको फिल्म ‘ये कैसी मोहब्बत’ एकलौटीलगायतका फिल्ममा अभिनय गरेकी थिइन् विवेका बाबाजीले । ३७ वर्षीय यी नायिका पनि सन २०१० मा आफ्नै कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परिन् । तेस्रो पटकको प्रयाशमा उनको आत्महत्या सफल भएको थियो ।

सन १९९३ मा मिस मरिसस वर्ल्डको ताज जितेकी विवेका प्रेमीसंग सम्बन्ध विच्छेद गरेपछि डिप्रेशनको शिकार भएकी थिइन् ।

नफीसा जोसेफः टेलिभिजन अभिनेत्री एवं मोडल नफीसा जोसेफले पनि आत्महत्या गरेकी थिईन् । सन १९९७ मा मिस इण्डिया युनिभर्सको ताज जितेकी नफिसाले सन २००४ मा २६ वर्षको उमेरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

एक मोडलको रुपमा करिअर सुरु गरेकी नफीसाले हिन्दी फिल्म ‘ताल’ मा ऐश्वर्या रायको साथीको भुमिका निर्वाह गरेकी थिईन् ।

कुलजीत रंधावाः कुलजीत रंधावा प्रसिद्ध टिभी अभिनेत्री एवं मोडलको रुपमा चिनिन्थिन् । पश्चिम बंगालमा जन्मिएकी कुलजीतको सन २००६ मा निधन भएको थियो ।

आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी कुलजीतले सुसाईट नोटमा लेखेकी थिइन् ‘मैले जीन्दगीको दवाव झेल्न सकिन, त्यसकारण आत्महत्याको बाटो रोजें ।’

कृणाल सिंहः कुणाल सिंह तमिल फिल्मका लागि प्रसिद्ध थिए । सोनाली बेन्द्रेको नायक भएर केही फिल्ममा अभिनय गरेका थिए उनले ।

पहिलो फिल्म निकै चर्चित भएपनि त्यसपछिका केही फिल्म लगातार असफल हुँदै गयो । सन २००८ फेब्रुअरि ७ मा मुम्बई स्थित अपार्टमेन्टमा पंखामा झुण्डिएको भेटिए । उनको किन आत्महत्या गरे खास कारण पत्ता लागेको छैन । तर, धेरैको अनुमान छ । उनी फिल्म असफल हुँदा निराश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?