+
+
Shares

छायांकार ढकालको निधन, आज सुटिङ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १८ गते १०:४८

dipak-dakalपुराना छायांकार दीपक ढकालको ७० वर्षको उमेरमा बिहिवार बेलुकी निधन भएको छ । हृदयघात भएपछि आठदिन अघि मध्यपुर ठिमी अस्पताल भर्ना भएका ढकालको उपचारकै क्रममा निधन भएको हो ।
मस्तिष्क पक्षघात भएपछि उनको निधन भएको परिवारका सदस्यको भनाई छ ।

नेपाली कथानक चलचित्र ‘सिन्दुर’ वाट छायाँकन सुरु गरेका ढकालले ‘शान्तिदिप, फेरि भेटौंला, सारंगी, चेलीबेटी, चोखो माया, पहिलो प्रेम’ लगायतका चलचित्र खिचेका छन् ।

उनको हिजो बेलुकी नै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । उनको निधनका कारण शुक्रवार कुनै पनि चलचित्रको सुटिङ नहुने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् ।

ओस्कार कलेजका प्राध्यापक समेत रहेका ढकालले केही बृत्तचित्रको पनि छायाँङ्कन गरेका छन् । ढकाल चलचित्र क्षेत्रमा हक्की स्वभावका छायांकारको रुपमा चिनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?