+
+
Shares

पूजनाको ‘चकलेट’ र जरिनको हट अवतार ‘हेट स्टोरी ३’हलमा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १८ गते ११:२३

chocklate-and-hate-story-3
शुक्रवारदेखि देशभर चलचित्र ‘चकलेट’ र हिन्दी चलचित्र ‘हेट स्टोरी-३’ रिलिज भएको छ । हाँस्य कलाकार निर्मल शर्माको पहिलो निर्देशन रहेको ‘चकलेट’मा आयुष्मान घिमिरे, पूजना प्रधान, नम्रता झा, केशव भट्टराई, तेजस्वी प्रधान, सुमन गैरे लगायतका कलाकारको अभिनय छ ।

काठमाडौका सडक वालवालिकाको विषयमा चलचित्र तयार भएको निर्देशक निर्मल शर्माले जानकारी दिएका छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । चलचित्र प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी काठमाण्डौका विभिन्न स्थानमा कार्यक्रम गरिएको थियो ।

सामान्य विषयमा चलचित्र बनाएको धारणा राख्ने शर्माले चकलेट आम नेपाली दर्शकलाई मन पर्ने दावी गरे । हिन्दी चलचित्र ‘हेट स्टोरी-३’ पनि आजैदेखि रिलिज भएको छ । विशाल पाण्डेको निर्देशन रहेको उक्त चलचित्रमा सरमन जोशी, जरिन खान, डेजी शाह, करणसिंह ग्रोवरको मुख्य भूमिका छ ।

पुरुषवाट शारीरिक र मानसिक शोषणमा परेकी युवतीले लिने बदलाको कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ । यस चलचित्रका अघिल्ला श्रृङ्खलाले पनि राम्रो कमाई गरेका थिए । यो चलचित्रमा नायिका  जरिन खानले उत्तेजक दृश्य दिएकी छिन् । जसकाकारण पनि यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?