बलिउड हट नायिका सन्नी लियोनी चलचित्रसँगै म्यूजिक भिडियोमा पनि अभिनय गर्न व्यस्त छिन् । तर, सन्नीले चलचित्र होस् वा म्यूजिक भिडियोमा आफ्नो हट छविलाई भने छाड्न सकेकी छैनन् ।
उनै सन्नीलाई लिएर भारतको चर्चित म्यूजिक कम्पनी टीसीरीजले एउटा भिडियो तयार पारेको छ । कनिका कपुर र मिका सिंहको आवाज रहेको ‘चाइनाकी सुपर गल’ बोलको गीतमा सन्नी लियोनीलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।
यो गीतमा सन्नी लियोन नर्स, खेलाडीदेखि विभिन्न रुपमा देखिएकी छिन् । मुखमा झुण्डिने शब्द भएकाले पनि यो गीत हिट हुने विश्वास गरिएको छ । पछिल्लो समयमा टीसीरीजले विभिन्न गायक तथा गायिकाको आवाजमा भिडियो तयार पारिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4