+
+
Shares

बन्ने भयो ‘शकुन्तला’, राजेश हमालसँग अनुको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १८ गते १४:०९

rajesh-and-anu-shah
नायक राजेश हमाल अब नयाँ चलचित्रमा देखिने भएका छन् । यसअगाडि चलचित्र ‘कामचोर’ निर्देशन गरेका दिनेश श्रेष्ठले ‘शकुन्तला’ नाम राखेर चलचित्र बनाउने तयारी गरेका छन् । श्रेष्ठका अनुसार यो चलचित्रको छायांकन मंसिरमै सुरु हुनेछ ।

यो चलचित्रमा नायक राजेश हमालको  साथमा नायिका अनु शाह देखिनेछिन् । अनुले आफ्नो पहिलो चलचित्र ‘द यूगदेखि यूगसम्म’मा नायक हमालको साथमा काम गरेकी थिइन् । चलचित्रमा किशोर खतिवडा, स्मृती श्रेष्ठ, रवि गिरी, रविन्द्र बस्नेत लगायतका कलाकार पनि अभिनय गर्नेछन् ।

चलचित्रमा अमृत सुनवारको छायांकन, साहिल खानको सम्पादन, अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, अमृत महरठ्ठाको मेकअप, माइकल चन्दको नृत्य निर्देशन रहने निर्माणपक्षले जानकारी दिएको छ ।
चलचित्रले सामाजिक कथावस्तुलाई उठान गर्ने निर्देशकको भनाई छ ।

साथमा चलचित्र भित्र एक्सन, ड्रामा पनि रहने निर्देशकले जानकारी दिएका छन् । नायक राजेश हमाललाई चलचित्रमा फरक ढंगले प्रस्तुत गर्न लागेको र दर्शकका लागि सरप्राइज हुने दिनेशको भनाई छ । चलचित्रको छायांकन काठमाण्डौका विभिन्न स्थानमा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?