+
+
Shares

कुच्चो बोकेर गाउँ चाहर्दै धुर्मुस-सुन्तली

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १९ गते १७:०३

dhrmus-suntali-1

सिन्धुपाल्चोक । लोकप्रिय कलाकार तथा नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल (धुर्मस) र कुन्जना घिमिरे (सुन्तली)ले पछिल्ला दुई दिन सिन्धुपाल्चोकका गाउँ, सहर सरसफाईमा बिताए ।

वैशाख १२ को भूकम्पपछि सरसफाईको अवस्था शून्यमा पुगेको सिन्धुपाल्चोकमा धुर्मुस-सुन्तली सरसफाई अभियान लिएर आएका उनीहरुलाई हजारौं स्थानीयले साथ दिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने मेरीबास्सै हाँस्य टेलीश्रृंखलामा विभिन्न भूमिकामा देखा पर्ने पि्रय कलाकार आफ्नौ घर-आँगनमा देखेर दंग बजार तथा गाउँवासी हात-हातमा कुच्चो, साबेल, पिक बोकेर सरसफाईमा निस्किए ।

शनिबार बिहान मात्र धुर्मुस-सुन्तली अगुवाईमा सदरमुकाम चौतारामा बृहत सरसफाई अभियान चलाइयो । बजारवासी, सेना, प्रहरी, सरकारी कार्यालयका अधिकारी, कर्मचारी, स्वास्थ्यकर्मी, नागरिक अगुवासहित सयौं अभियन्ता सरसफाई निस्किए । चौताराको बसपार्कदेखि टुँडिखेलसम्मको दुई किमी बजार क्षेत्र धुर्मुस-सुन्तली अगुवाईमा सरसफाई भयो । सरसफाईबाट झण्डै तीन ट्रक फोहोर मैला व्यवस्थापन भयो । धुर्मुस-सुन्तलीले सरसफाईमा निस्कन बजारवासीलाई हातै समाएर आग्रह गरेका थिए ।

dhrmus-suntali-2

सन् २०१६ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामूक्त जिल्ला घोषणा गर्ने अर्को लक्ष्य निर्धारण गरिएको छ । ‘यो लक्ष्य हाँसिल गर्न हामी सकेको सहयोग जारी राख्छौं,’ धुर्मुस-सुन्तलीले एक स्वरमा भने । रामेछापबाट सरसफाई अभियान लिएर धुर्मुस-सुन्तली जोडी देश दौडाहामा निस्किएको हो । सरसफाई दूत सीताराम (धुर्मस) थप्छन्, ‘यो अभियान लिएर हामी सबै जिल्लामा पुग्दैछौं ।’ सरसफाईको क्षेत्रमा योगदान पुर्‍याए बापत जिल्ला सरसफाई, स्वच्छता तथा समन्वय समितिको तर्फबाट प्रजिअ गिरीले धुर्मुस-सुन्तलीलाई सम्मानसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?