+
+
Shares

आखिर करिनाले कंगनामा त्यस्तो के देखिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २० गते १०:२७

kareena-and-kangana
बलिउड नायिका करिना कपुरले कंगना रनौतका चलचित्रवाट आफू प्रभावित हुने गरेको बताएकी छिन् । साथै उनले कंगनालाई आफ्नो प्रेरणाको श्रोत पनि भनेकी छिन् ।

‘क्विन, तनु वेड्स मनु रिटन्र्स’ जस्ता चलचित्रमा अभिनय गरेर कंगनाले तारिफ बटुलेकी थिईन् । ‘हिन्दुस्तान टाईम्स लीडरसीप समिट’ मा सहभागी करिनाले चलचित्र उद्योगमा राम्रा काम गर्नेहरुवाट आफु संधै प्रभावित हुने गरेको भनाई राखिन् ।

‘आफू सानो हुँदा अक्षय कुमार र सलमान खानको चलचित्र हेर्दै ‘म ठूलो भएपछि यीनैसँग फिल्म खेल्छु भन्ने गरेको कार्यक्रममा करिनाले खुलाइन् । बलिउडमा केही समय अगाडिसम्म एक छत्र राज गरेकी करिना अहिले भने केही सुस्ताएकी छिन् । उनको ठाउँमा बलिउडका अन्य नायिकाहरुले पकड जमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?