Comments Add Comment

मोटरसाइकलले ४ लिटर पेट्रोल पाउने, मंगलबारबाट लट अनुसार बाँडिने

petrol

रविन्द्र घिमिरे

२०, मंसिर, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा पर्सी मंगलबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ ।

यसअघि सोमबारदेखि वितरण गर्ने भनिएको थियो । तर, आइतबार भएको छलफलले सवारीको लटका आधारमा मंगलबारदेखि दिन बिराएर चार दिन मोटरसाइकल पेट्रोल दिने निर्णय गरेको छ ।

निगमले यो पटक दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ भने मोटरसाइकललाई चार लिटरका दरले तेल दिइने भएको छ ।

२२ गते मंगलबार १ देखि २५ लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने २४ गते बिहीबार २६ देखि ४० लटका मोटराइकलको पालो आउनेछ ।

२६ गते शनिबार ४१ देखि ५५ र २८ गते सोमबार ५६ देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ ।

कारलाई भने मोटरसाइकललाई वितरण गरेपछि छुट्टै तालिका बनाए तेल बाँड्ने निर्णय भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई बताए ।

९ बजेबाट तेल वितरण 

निगमले यो पटक विहान ९ बजेबाट तेल वितरण सुरू हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्‍याइने प्रवक्ता घिमिरेले बताए । तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरू सिल गरिनेछ ।

oil-nigam-notice

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment