+
+
Shares

सलमानको घर अगाडि फोटो खिच्दा थप्पड

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते १३:५२

salman khan
कुनै पनि कलाकारलाई फ्यानहरुले मनदेखि माया गर्छन् । यसैले उनीहरु आफ्नो कलाकारका साना साना कुरालाई पनि तस्बिरमा कैद गर्न चाहन्छन् ।

तर, बलिउड नायक सलमान खानका एक फ्यानलाई भने यही पागलपना महंगो परेको छ । सलमानको घर अगाडि तस्बिर लिइरहेका सनाउल्ला नाम गरेका फ्यानलाई सलमानका बडिगार्डले थप्पड हानेका हुन् ।

सलमानको घर अगाडि फ्यानको भिड लागेपछि बडिगार्डले उनीहरुलाई हटाउने प्रयास गरे । तर, सनाउल्ला कारमा आएकाले उनी अन्य फ्यान जसरी भाग्न सकेनन् । यसपछि उनलाई बडिगार्डले थप्पड हानेका हुन् । बडिगार्डसँग यी फ्यानको केही समय दोहोरी चलेको थियो ।

यसपछि, रिसले आक्रोशित भएका बडिगार्डले थप्पड हानेका थिए । बडिगार्डले थप्पड हानेपनि सनाउल्लाले अहिलेसम्म कुनै केस दर्ता भने गरेका छैनन् ।

बलिउडका नायक तथा नायिका फ्यानलाई कहिले आफै थप्पड हान्छन् त कहिले बडिगार्ड कारण फ्यानलाई अप्ठ्यारो पर्छ । केही समय अगाडि गोविन्दाले एक फ्यानलाई थप्पड हानेपछि अहिले उनलाई माफी माग्न अदालतले आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?