+
+
Shares

कंगनाले दिलाइन् ३९० प्रतिशत मुनाफा, ‘प्रेम रतन’ भन्दा ‘हेट स्टोरी र हन्टर’ को नाफा धेरै

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २४ गते ९:३०

सन् २०१५ अब विस्तारै बिदा लिने तरखरमा छ । सन् २०१६ लाई स्वागत गर्न विश्वका मानिसहरु आतुर देखिएका छन् । सन् २०१५ मा बलिउडमा थुप्रै चलचित्र प्रदर्शनमा आए । विश्व बजारमा आफ्नो पकड बनाउँदै गएको बलिउडका धेरै चलचित्रले दर्शकलाई निराश बनाए ।

तर, केही यस्ता चलचित्र पनि छन् जसले व्यापारिक रुपमा सफलता मात्र पाएनन्, निर्मातालाई सत प्रतिशत भन्दा धेरै मुनाफा दिलाएका छन् । डिसेम्बर १८ मा यो बर्षका अन्तिम २ चलचित्र ‘दिलवाले र बाजिराओ मस्तानी’ प्रदर्शनमा आउँदैछन् । यी दुइ चलचित्र बाहेक प्रदर्शनमा आएका अन्य चलचित्रमात्र हामीले यहाँ प्रस्तुत गरेको तालिकामा छन् । जसले  निर्मातालाई शत प्रतिशत नाफा दिएका छन् । ‘दिलवाले र बाजिराओ मस्तानी’ प्रदर्शनमा आएपछि यो आँकडा हेरफेर हुनसक्छ ।
tannu-weds-mannu१. तनु वेड्स मनु रिटन्र्सः यो बर्ष सर्वाधिक धेरै नाफा आनन्द एल रायको निर्देशनमा बनेको चलचित्र ‘तन्नु वेड्स मनु रिटन्र्स’ले दिएको छ । कंगना रनौट र आर माधवनले अभिनय गरेको यो चलचित्रले बक्स अफिसमा १५२ करोड कमाएको थियो । ३१ करोडको लगानीमा बनेको यो चलचित्रले १२१ करोड नाफा दिएको छ । यसले निर्माता कृषिका लुल्लालाई ३९० प्रतिशत नाफा दिएको छ ।
bajrangi-vaijan२. बजरंगी भाइजानः मुनाफा दिने चलचित्रको सुचीमा सलमान खानको निर्माणमा बनेको ‘बजरंगी भाइजान’ दोश्रो स्थानमा छ । कविर खानले निर्देशन गरेको यो चलचित्रको बजेट ९० करोड थियो । यो चलचित्रले ३२० करोड कमाएको छ । यसको नाफा २३० करोड अर्थात २५६ प्रतिशत छ ।
pyar-ka-punchama-2३. प्यारका पञ्चनामा २ः १८ करोडको बजेटमा बनेको यो चलचित्रले भारतको बक्स अफिसमा ६२ करोड कमाएको थियो । यसले निर्मातालाई करिब ४४ करोडको नाफा दिएको छ । निर्मातालाई चलचित्र निर्माणबाट २४४ प्रतिशत नाफा भएको छ । लव रंजनले निर्देशन गरेको यो चलचित्रलाई अभिषेक पाठकले निर्माण गरेका हुन् ।
nh10४. एन एच १०ः अनुष्का शर्माको निर्माणमा बनेको यो चलचित्रको लागत १३ करोड  थियो । यसले ३२ करोडको व्यापार गर्न सफल भयो । नवदिप सिंहले निर्देशन गरेको यो चलचिबाट निर्मातालाई १४६ प्रतिशत मुनाफा भएको छ ।
hate-story-3५. हेट स्टोरी ३ः हुनत, यो चलचित्रले व्यापार अझै पनि गरिरहेकाले यसको सूची केही माथि हुनसक्छ । तर, १३ करोडको लगानीमा बनेको यो चलचित्रले यो समाचार तयार पार्दासम्म ३१ करोडको व्यापार गरिसकेको छ । हालसम्म चलचित्रले १८ करोडको नाफा दिलाइसकेको छ । १३८ प्रतिशत मुनाफा दिएको यो चलचित्रमा जरिन खान, डेजी शाह लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई विशाल पाण्डेले निर्देशन गरेका हुन् ।
piku६. पीकुः ३५ करोडको बजेटमा बनेको अमिताभ बच्चन, दीपिका पादुकोण, इरफान खान अभिनित यो चलचित्रले ७९ करोड कमाएको थियो । ४४ करोडको नाफा दिलाएको यो चलचित्रले १२६ प्रतिशत मुनाफा निर्मातालाई दिएको छ । आर बल्कीले यो चलचित्रको निर्देशन गरेका हुन् ।
hunter७. हन्टरः हर्षवर्धन जी कुलकर्णाीको निर्देशनमा बनेको चलचित्र ‘हन्टर’को लगानी ६ करोड थियो । यसले १३.५० करोडको कमाई गर्‍यो । ७.५० करोडको नाफा गर्दै यसले १२५ प्रतिशत मुनाफा दिलायो । चलचित्रमा गुलशन देवैया, राधिका आप्टे मुख्य भूमिकामा थिए ।
prem-ratan-dhan-payo८. प्रेम रतन धन पायोः सलमान खान र सोनम कपुर अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’ १ सय करोडमा बनेको थियो । यसले २ सय ७ करोडको व्यापार गर्दै निर्मातालाई १०७ प्रतिशतको मुनाफा दिलाएको छ । तर, चलचित्रले आशा गरे अनुसारको व्यापार भने गरेको थिएन । सुरज बड्जात्याले यो चलचित्रको निर्देशन गरेका हुन् ।
badlapur९. बदलापुरः बरुण धवनको आक्रामक अभिनय रहेको यो चलचित्र २५ करोडमा बनेको थियो । चलचित्रले ५१.४० करोडको व्यापार गर्‍यो । २६.४० करोड नाफा दिलाउँदै चलचित्रले १०६ प्रतिशत मुनाफा गर्‍यो । चलचित्रलाई श्रीराम राघवनले निर्देशन गरेक हुन् ।
dum-lagake-haisa१०. दम लगा के हैसाः १५ करोडको लगानीमा बनेको यो चलचित्रले ३० करोडको व्यापार गर्दै शत प्रतिशत मुनाफा निर्मातालाई फिर्ता गरिदिएको छ । आयुष्मान खुराना र भूमी पेडणेकरको मुख्य भूमिका रहेको यो चलचित्रलाई शरत कटारियाले निर्देशन गरेका हुन् । यशराज फिल्मस्ले यसको निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?