+
+
Shares

यी हुन् बलिउडका ‘थप्पडबाज’ हिरो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २४ गते १६:२३

3-hiro

फिल्मको पर्दाभित्र मारमुंग्री गर्ने बलिउडका हिरोहरु कहिलेकाही वास्तविक जीवनमा पनि आफूलाई ‘हिरो’ नै सम्भिmन्छन् । पर्दाबाहिर ‘हिरोइज्म’ देखाउन खोज्दै अरुमाथि भौतिक हमाला गरेर बदनाम भएका बलिउड हिरोहरु थुप्रै छन् । यहाँ केही हिरोको चर्चा गरिएको छः

गोबिन्दाः अभिनेता गोविन्दाको घटना अहिले चर्चामा छ । उनले सन २००८ मा फिल्म सुटिङको क्रममा एक प्रसंसकलाई थप्पड मारेका थिए । हालै अदालतको आदेशपछि गोविन्दाले आफुले थप्पड मारेको ब्यक्तिसँग माफी माग्न वाध्य भए ।

जोन अब्राहमः थप्पडबाजहरुको भिडमा जोन अब्राहमको उपस्थिती विषेश छ । एउटा ज्वेलरी सपको उद्घाटनको क्रममा एउटी महिला फ्यानलाई थप्पड मारेका थिए उनले । तर, ति महिलाले उनको बिरुद्ध कुनै उजुरी गरिनन् ।

salman-khan

सलमान खानः सन २०१४ मा एकजना फ्यान सलमानको ज्यानमा टाँसिन आए । त्यहि बेला उनका बडीगार्डले फ्यानलाई धकेलिदिए र उनलाई चोट लाग्यो । सन २०१३ मा सलमानले अर्को सन्की ब्यबहार प्रस्तुत गरे । एकजना फ्यान मोबाईलमा उनको तस्बिर खिच्दै थिए । तर, सलमानले मोबाईलै खोसेर फ्याँकिदिए । केही निर्माता/निर्देशकको भनाई अनुसार सलमानले निर्देशक सुभाष घईलाई पनि थप्पड मारेका थिए । यसैगरी आफ्नी पूर्वप्रेमिका ऐश्वर्या रायलाई पनि उनले झापड हिर्काएको प्रसंग बलिउडमा अहिले पनि भुलिएको छैन ।

आदित्य पन्चोलीः थप्पड मार्ने मामलामा अरुभन्दा अगाडी छन् आदित्य पन्चोली । उनीमाथि एकपटक होइन, तीन-तीन पटक थप्पड मारेको अभियोग छ ।

saif-ali
सैफअलि खानः
सैफ अलि खानले सन् २०१२ मा आप्रवासी भारतीयलाई थप्पड हानेका थिए । आफ्नी श्रीमती करिना कपुरको साथमा एउटा पाँचतारे होटलमा जाँदा भनाभन भएपछि सेफले इकबाल शर्मालाई हातपात गरे । सैफको आक्रमणवाट इकबालको नाकको हड्डी भाँचिएको चर्चा चलेको थियो । पछि प्रहरीले साथीसहित सैफलाई पक्राउ गर्‍यो, तर उनी जमानतमा छुटे ।

चलचित्र ‘बाजीराव मस्तानी’ को सुटिङका क्रममा उनले एक जुनियर कलाकारमाथी प्रहार गरेका थिए । सोही काण्डपछि निर्देशक भन्सालीले सुटिङमा मोबाईल निषेध गरे । अर्को घटनामा आदित्यले एक होटलमा डिजेलाई हिन्दी गीतको फर्माइस गरे । डिजेले नमानेपछि भनाभन भयो । आफुलाई सम्झाउन आएको बाउन्सरलाई मोबाइलको झट्टी हानिदिए आदित्यले । टाउकोमै लाग्यो ।

यही घटनामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । चलचित्र ‘लाखों हैं यहाँ दिलवाले’ को सुटिङका क्रममा जुनियर कलाकार विजे भाटियामाथी प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?