काठमाडौं । फेसबुक अकाउन्ट नहुने व्यक्ति अहिले नेपालमा कमै भेटिन्छन् । त्यसमाथि सेलिबि्रटीहरुका हकमा त यो अनिवार्य जस्तै बनेको छ । आफ्नो फिल्म, गीत, वा अनौपचारिक कुराहरु सेयर गर्न तथा फ्यानहरुसित अन्तरक्रिया गर्न कलाकारका लागि सजिलो माध्यम हो फेसबुक ।
तर, निखिल उप्रेती र सञ्चिता लुईटेलको कुरा अर्कै छ । ‘भैरब’ बाट निर्देशक समेत बनेका अभिनेता निखिल र उनकी पत्नी तथा अभिनेत्री सञ्चिता फेसबुक चलाउदैनन् । उनीहरु दुवैको फेसबुक अकाउन्ट नै छैन ।
त्यसो त निखिल प्रविधीमा अभ्यस्त कलाकार भनेर चनिन्छन् । तर, सामाजिक सञ्जालमा उनको रुची छैन । ‘हो, मेरो फेसबुक एकाउन्ट छैन । शायद यो मेरो कमजोरी हुनसक्छ,’ उनले भने ।
तर, निखिलकोे नाममा खुलेका नक्कली फेसबुक एकाउन्टहरु थुप्रै छन् । त्यस्ता एकाउन्टहरुले उनलाई हैरान बनाएको छ । ‘त्यहाँ त्यस्तो स्टाटस लेखिएको हुन्छ, जून मेरो विचार भन्दा ठिक विपरित हुन्छ । यसबाट अरुमा भ्रम परेको पाउँछु,’ निखिल भन्छन् ।
सामाजिक सञ्जालमा उपस्थित नभएकै कारण कतिले आलोचना समेत गरेको बुझेका छन् उनले । त्यसैले चाँडै फेसबुक खोल्ने योजनामा छन् । उनले भने, ‘म आउछु अब । सामाजिक सञ्जालमा पनि विशेष पेज बनाएर आउने विचारमा छु ।’
सञ्चिता भने विगतमा फेसबुकमा सक्रिय थिइन् । निखिलसँग विवाह गरेपछि फेसबुक डिएक्टिभ गरेकी सञ्चिताले फेरि एक्टिभ गरेकी छैनन् । उनका नाममा पनि केही नक्कली खाता छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल कलाकारका लागि आवश्यक हो भन्ने बुझेकी सञ्चिता आगामी दिनमा सक्रिय हुने सोचमा छिन् ।
प्रतिक्रिया 4