+

बार्सिलोनाले दुई गोलको अग्रता जोगाउन सकेन, डिपोर्टिभोसँग अंक बाँड्यो

२०७२ मंसिर  २६ गते २३:२५ २०७२ मंसिर २६ गते २३:२५
बार्सिलोनाले दुई गोलको अग्रता जोगाउन सकेन, डिपोर्टिभोसँग अंक बाँड्यो

Deportivo

२६ मंसिर, काठमाडौं । दुई गोलको अग्रता कायम गर्न नसक्दा स्पेनिस ला लिगाको लिडर बार्सिलोनाले डिपोर्टिभोसँग अंक बाँडेको छ ।

शनिबार राति भएको खेलमा डिर्पोटिभोले बार्सिलोनालाई २-२ गोलको बराबरीमा रोखेको हो । ६२ मिनेटमा दुई गोलले पछि पारेको डिपोर्टिभोले खेलको अन्तिमतिर गोल फर्काएको थियो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ३९ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । ६२ औं मिनेटमा राकिटिकले गोल गर्दै अग्रता दोब्बर पारे ।

तर, डिपोर्टिभो खेलको अन्तिमतिर उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ७७ औं मिनेटमा पेरेज मार्टिनेजले गोल गरे भने ८६ औं मिनेटमा गार्सिआले बराबरी गोल फर्काए ।

बराबरीपछि बार्सिलोनाले एथ्लेटिको र रियल मडि्रडसागको अंक दुरी बढाउने मौका गुमाएको छ । बार्सिलोना १५ खेलबाट ३५ अंकका साथ शीर्ष स्थानमा छ ।

तर, एथ्लेटिको मड्रिडले एक खेल कम खेलेको छ र ३ अंकले मात्र पछि छ । तेस्रो स्थानमा रहेको रियल मड्रिडको १४ खेलबाट ३० अंक छ ।

आइतबार एथ्लेटिकोले बिल्बाओ र रियल मड्रिडले भिल्लारियलसँग खेल्नेछ । उक्त खेल जिते एथ्लेटिको मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्नेछ भने रियल मड्रिडले पनि अंक दुरी २ मा झार्नेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय