+
+

लिपिङका बासिन्दालाई चीनको पनि नाकाबन्दी (फोटोकथा)

२७ मंसिर, लिपिङ (तातोपानी) राजधानी काठमाडौं लगायत सिंगो मुलुकले करीव तीन महिनादेखि भारतको अघोषित नाकाबन्दी झेलिरहेको छ । तर, नेपालकै एउटा यस्तो ठाउँ छ, जुन ठाउँका बासिन्दाले चीनको पनि अघोषित नाकाबन्दी सहिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १७:१४

Tatopani Naka (21)

श्रीधर पौडेल/स्थलगत रिपोर्ट

२७ मंसिर, लिपिङ (तातोपानी) राजधानी काठमाडौं लगायत सिंगो मुलुकले करीव तीन महिनादेखि भारतको अघोषित नाकाबन्दी झेलिरहेको छ । तर, नेपालकै एउटा यस्तो ठाउँ छ, जुन ठाउँका बासिन्दाले चीनको पनि अघोषित नाकाबन्दी सहिरहेका छन् ।

काठमाडौंबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित नेपाल चीन सीमानाको लिपिङका बासिन्दा दोहोरो नाकाबन्दीले थिलथिलो भइसकेका छन् । ‘हामीले त भूकम्प लगत्तैदेखि चीनको पनि नाकाबन्दी झेलिरहेका छौं’ स्थानीय फुर्वा शेर्पाले भने ।Tatopani Naka (20)

भूकम्पले तातोपानी र खासातर्फ दुबैतिरका भीर पहरा भत्काएसँगै उजाड बनेको यो क्षेत्रमा बिस्तारै मानवीय चहल-पहल बढेको छ । तर, पनि लिपिङका बासिन्दालाई मितेरी पुल कटेर जान नाकाबन्दी छ ।

बैशाख १२ अघि यस क्षेत्रका जनताको दैनिक जीवन चीनसँगको कारोबारले धानिन्थ्यो । नुनदेखि सुनसम्म उनीहरु खासाबाटै ल्याउँथे । तर, अहिले खासा बजार चीनले उठाइसकेको भने नेपालीलाई उता किनमेल गर्न जान दिइएको छैन ।
Tatopani Naka (2)
संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा गएको संसदीय टोलीसँग स्थानीयले तातोपानी नाका खुलाउन आग्रहमात्र गरेनन्, दुबै देशका सरकारले यो नाकालाई बेवास्ता गरेको आरोप पनि लगाए ।

नेपाल र चीनबीच ५२ वर्षअघि जोड्ने पहिलो सडकका रुपमा कोदारी राजमार्ग बनेको थियो । बितेका ५२ वर्षमा पहिलोपटक अहिले यो मार्ग बन्द अवस्थामा रहेको छ ।

भूकम्प अघिसम्म दैनिक २ कराेडि राजश्व संकलन हुने तातोपानी भन्सार कार्यालय सुनसान छ । अर्बौंको ब्यापार तहसनहस भएको छ । नेपाल चीन जोड्ने सबैभन्दा छोटो दूरीको रणनीतिक नाका खुलाउन सरकारले आन्तरिक र कुटनीतिक पहल तत्काल थाल्नुपर्ने आवश्यकता देखिएको ठहर समितिले गरेको छ ।

तातोपानीको स्थलगत भ्रमणपछि विकास समितिका सभापति रविन्द्र अधिकारीले भने- ‘तातोपानी नाका खुलाउन कुनै समस्या छैन । सरकारले तत्कालै बाटोलाई सहज बनाउने र चीनबाट प्राप्त अनुदान रकमले सडक विस्तार तथा स्तरोन्नति गर्न काम अघि बढाउनुपर्छ । चीनले पनि नाका खुलाउन कुनै बहानाबाजी गर्नु हुँदैन ।’

Tatopani Naka (10)

पछिल्लो समय चीन सरकार तातोपानी नाका खुलाउन अनिच्छुक रहेको चर्चा चलि रहेको छ । तिब्बती मूलका चिनियाँहरु बसोबास गर्ने खासाबाट भूकम्पपछि चीनले त्यहाँका बासिन्दालाई सिगात्सेमा सारेको छ ।

फ्रि तिब्बत गतिबिधिको आशंकाले गर्दा चीनले खासामा चीनिया मूलका बासिन्दा ल्याएर राख्न खोजेको चर्चा चल्ने गरेको छ । तर त्यहाँका स्थानीय तिब्बतीले आफूहरुलाईनै बस्न दिनुपर्ने माग गरिरहेका छन् ।

सभापति अधिकारीले भने-जे भए पनि चीनले यो नाका सञ्चालन गर्नुपर्छ, कुनै पनि बाहना खोजिनु हुदैन । सरकारले चीनसँग कुटनीतिक पहल बढाउनुपर्छ ।

Tatopani Naka (12)

दुबै सरकारले चाहेमा एक साताभित्रै तातोपानी नाका पूर्ववत सञ्चालन गर्न कुनै समस्या नरहेको सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ का सांसद शेरबहादुर तामाङले बताए । ‘सडक विस्तार र स्तरोन्नतिको कुरा चल्दै गर्छ । तर, अहिलेलाई नाका खुलाउन सकिन्छ’ उनले भने ।

भूकम्पको बेला चीनतर्फ रोकिएका नेपाली व्यवसायीका चार सयभन्दा बढी मालवाहक कन्टेनरहरु अहिले पनि उतै छन् । ती कन्टेनरसमेत ल्याउन नसक्दा व्यवसायीको अवस्था चौपट भएको छ ।

चिनियाँ पक्षले नेपालको भन्सार कार्यालय रहेको आँगन सफा गर्ने हो भने पनि आपूर्ति सचारु हुन सक्ने भनेको छ । तर, इन्धन अभावका कारण सफाइको काम हुन नसकेको भन्सार कर्मचारीको गुनासो छ ।

समितिले तत्काल इन्धन व्यवस्था गरेर पहिरो सफा गर्न र सुख्खा बन्दरगाहसम्म जाने बेलिब्रिज निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

Tatopani Naka (1)

Tatopani Naka (3)

Tatopani Naka (6)

Tatopani Naka (7)

Tatopani Naka (17)

Tatopani Naka (18)

Tatopani Naka (23)

Tatopani Naka (26)

Tatopani Naka (27)

Tatopani Naka (32)

Tatopani Naka (33)

Tatopani Naka (34)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?