+
+

प्रमुख दलहरु वार्तामा, हट्ला त संसदको अवरोध ?

२७ मंसिर, काठमाडौं । शुक्रबार सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक आज दिउँसो बोलाइएको छ ।

संसद कांग्रेस र मधेसी मोर्चाको अडानको चपुवामा परेको छ । र, सहमतिको प्रयासमा प्रमुख दलहरु आज पनि वार्तामा बस्दैछन् । नेताहरुका अनुसार दिउँसो साढे १ बजे प्रमुख तीन दल र मधेसी मोर्चाबीच सदनको अवरोध हटाउनेबारे छलफल हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १०:३७

trio-Barta

  • फाइल तस्वीर

२७ मंसिर, काठमाडौं । शुक्रबार सूचना टाँसेर स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक आज दिउँसो बोलाइएको छ ।

संसद कांग्रेस र मधेसी मोर्चाको अडानको चपुवामा परेको छ । र, सहमतिको प्रयासमा प्रमुख दलहरु आज पनि वार्तामा बस्दैछन् । नेताहरुका अनुसार दिउँसो साढे १ बजे प्रमुख तीन दल र मधेसी मोर्चाबीच सदनको अवरोध हटाउनेबारे छलफल हुनेछ ।

त्यसअघि अहिले कांग्रेसका शीर्ष नेताहरूले मधेसी मोर्चासँग छुट्टै छलफल गर्दैछन् । छलफलका लागि मधेसी मोर्चाका नेताहरू कांग्रेस सभापति सुशील कोइरालको निवास महाराजगन्ज पुग्दैछन् ।

तर, सहमतिको आधार देखिएको छैन । सत्तारुढ दलहरुले भने संविधान संशोधन विधेयक अघि बढाउन मधेसी मोर्चा तयर नभए पुनर्निर्माण विधेयकको प्रक्रिया अघि बढ्न दिन प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्ने तयारी गरेका छन् ।

लगातार संसद अवरुद्ध पार्दै आएको मधेसी मोर्चाले पुनर्निर्माण विधेयकको प्रक्रिया अघि बढ्न दिन बिहीबार नै सहमति जनाएको थियो । तर, कांग्रेस सहमतिमा २ घन्टा पनि टिक्न सकेन र संविधान संशोधन विधेयक पनि सँगै ल्याउनु पर्ने माग गर्दै संसद अवरुद्ध गर्‍यो ।

कांग्रेसले कार्यसूचीमा राखिसकेको संविधान संशोधन विधेयकलाई हटाउनुको कारण मागेको छ । र, उसले पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक संसदमा टेबल गर्नु पर्ने माग गरेको छ ।

तर, मधेसी मोर्चाले भने कांग्रेस नेतृत्वको अघिल्लो सरकारले ल्याएको संविधान संशोधन विधेयक स्वीकार्य नभएको बताएको छ । पुनर्निर्माण विधेयकमा भने सघाउने बताएको छ । उसले दुबै विधेयक एकैसाथ ल्याए सदन चल्न नदिने बताएको छ ।

के हुनसक्छ मध्यमार्गी बटो ?

भूकम्प पीडितसँग प्रत्यक्ष जोडिएको प्राधिकरण विधेयकमाथि राजनीति गरेको भन्दै कांग्रेसको आलोचना भइरहेको छ । तर, अझैसम्म दलहरुबीच सहमति हुन सकेको छैन ।

नेताहरुका अनुसार यसमा मध्यमार्गी प्रस्तावहरु पनि आएका छन् । स्रोतका अनुुसार पुनर्निर्माण र संविधान संशोधन विधेयक संसदमा टेबल गर्ने तर, पुनर्निर्माण विधेयक पास भएपछि मधेसी मोर्चाले आफ्नो विरोधका कार्यक्रम सुरु गर्ने एउटा विकल्प अघि सारिएको छ ।

यसमा मधेसी मोर्चा सहमत भइसकेको छैन । कांग्रेसले मधेसी मोर्चालाई आइतबारको संसद बैठक अघिसम्म सहमत गराउँछु भनेपनि सम्वाद नै हुन सकेको छैन ।

दोस्रो विकल्पका रुपमा पुनर्निर्माण र संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्ने तर, बैठक सुरुभएपछि सभामुखले संविधान संशोधन विधेयकलाई हटाइएको दोस्रो विकल्प छ ।

तर, कांग्रेसभित्रको आन्तरिक राजनीतिका कारण यसमा सहमति जुट्न सकेको छैन । कांग्रेसका तराई मधेसका सांसदहरुले संविधान संशोधन विधेयकलाई अघि बढाउन दबाव दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?