+
+

कम्युनिष्ट एकताका लागि प्रधानमन्त्रीको आह्वान

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट एकताका लागि आहृवान गरेका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कम्युनिष्ट एकताका लागि ठूलो कम्युनिष्ट पार्टीको हैसियतले आफ्नो तर्फबाट आफ्नो तर्फबाट त्याग गर्न आफू तयार रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १६:४०

KP OLi

२७ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट एकताका लागि आहृवान गरेका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कम्युनिष्ट एकताका लागि ठूलो कम्युनिष्ट पार्टीको हैसियतले आफ्नो तर्फबाट आफ्नो तर्फबाट त्याग गर्न आफू तयार रहेको बताए ।

जेठा कम्युनिष्ट नेता ९४ वर्षका खगुलाल गुरुङलाई सार्वजनिक अभिनन्दन गर्न काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु देशको प्रवल र अकाट्य शक्ति भएको बताए ।

कम्युनिष्टहरु कोरा सिद्धान्तबाट बाहिर निस्कनुपर्ने भन्दै उनले भने-‘सुनको भएपनि पिँजडा पिँजडा नै हो । त्यहाँबाट बाहिर निस्कनुपर्छ ।’

सरकारमा गएरै परिवर्तन गर्ने भन्दै प्रधानमन्त्री ओलीले भागेर वा लुकेर हिँड्न नहुने बताएका छन् ।

विसं. २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्येका एक संस्थापक सदस्य हुन् ।

खगुलाल २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार थिए ।

अस्वस्थताका कारण उपचारको सिलसिलामा प्युठानबाट काठमाडौं आएका गुरुङलाई नेपालका सबै कम्युनिस्ट पार्टीहरुले आइतबार संयुक्तरुपमा अभिनन्दन गरेका हुन् । प्युठान घर भएका मसालका नेता मोहनविक्रम सिंहको संयोजकत्वमा खगुलाल अभिनन्दन समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?