+
+

कांग्रेस, एमाले र एमाओवादी उस्तै : डा. भट्टराई

२७ मंसिर, घोराही । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीमा खासै अन्तर नभएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १५:३५

Baburam-Bhattrai

  • फाइल तस्वीर

२७ मंसिर, घोराही । नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीमा खासै अन्तर नभएको बताएका छन् ।

एमाओवादी परित्याग गरी छुट्टै पार्टी गठनको तयारीमा लागेका डा. भट्टराईले आइतबार दाङको घोराहीमा आयोजित कार्यक्रममा भने, ‘कांग्रेस, एमाले र एमाओवादीमा तात्विक अन्तर मैले देखेको छैन, यिनीहरु उस्तै-उस्तै हुन् । पुराना पार्टीहरुबाट आर्थिक विकास र परिर्वतन पनि सम्भव छैन ।’

पुरानो सोच र कार्यशैलीले देश सम्वृद्ध नहुने पक्का भएपछि आफूले आर्थिक क्रान्तिको मुख्य मुद्दासहित नयाँ शक्ति निर्माण अभियान थालेको भट्टराईले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अख्तियारको सक्रियता र नेताहरुको भ्रष्टाचारी चरित्रले नेपालको विकासमा अवरोध आएको धारणा उनले राखे ।

कागजमा धेरै परिवर्तनका कुराहरु लेखिसकिएकाले अब व्यवहारीक आर्थिक रुपान्तरणको खाँचो औंल्याउँदै डा. भट्टराईले भने, ‘गरिवी र बेरोजगारी हटाउन निर्वाहमुखी व्यवसायलाई आधुनिक अर्थतन्त्रसँग जोड्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?