+
+

२४ घण्टा नबित्दै सोलुमा अर्काे मृत शिशु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २८ गते ११:५४

shishu-

२८ मंसिर, सोलुखुम्बु । मृत शिशु भेटिएको २४ घण्टा नबित्दै सोलुखुम्बुको सल्लेरीमा सोमबार फेरि अर्काे मृत नबजात शिशु भेटिएको छ । सल्लेरीको नयाँबजारस्थित हाटबजार लाग्ने स्थानबाट दोर्पु तर्फ जाने बाटोको भेटनरी अफिस नजिकैको ठाडो खोलामा सालनाल सहित मृत शिशु भेटिएको हो ।

आइतबार मध्यान्ह १२ बजे मात्रै सल्लेरीमै मृत अवस्थामा नबजात शिशु भेटिएको थियो ।

सोमबार भेटिएको शिशु भर्खरै जन्माएर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । शवमा रगत लत्पतिएको छ । भर्खरै मात्र प्रहरीले मुचुल्का उठाइ शिशुको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगेको छ ।

जिवित शिशु जन्माइ हत्या गरी फालेको भए घटनाको प्रकृतिअनुसार सर्बस्वसहित जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ । आइतबार र सोमबार भेटिएका दुबै शिशुको घटनाबारे गम्भीर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

आइतबार नयाँबजार मुनि सोलु-ओखलढुङ्गा सडक नजिकै खोला किनारमा पुरुष लिङ्ग पहिचान भएको शिशुको शव भेटिएको थियो । शिशुको शवलाई उठाएर प्रहरीले मोष्टमार्टमका लागि फाप्लुस्थित जिल्ला अस्पताल लगेको छ । मृत शिशु नै जन्मिएर फालिएको हो वा जिबित जन्माएर हत्या गरी फालेको हो भन्नेबारे पोष्टमार्टम रिपोर्ट पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।

सालनालसहित भेटिएको शिशुको शारीरिक अंग पूर्णरुपमा विकास भइसकेकाले महिना पुगेर नै जन्मिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । तर शिशु कस्ले जन्माएर फालिन् भन्नेबारे खुलेको छैन ।

यदि सामान्य अबस्थामा शिशुको जन्म भइ मृत्यु भएको भए फोहोरको डंगुरमा शव कसैले नफाल्ने भन्दै अबैध सम्वन्धबाट नै शिशुको जन्म भइ हत्या गरी फालेको हुनसक्ने स्थानीयको ठहर छ ।

सोलुखुम्बुमा पछिल्लो समय अबैध यौन सम्बन्धबाट शिशु जन्माइ हत्या गरी फाल्ने क्रम बढ्दै गएको छ । बिबाहित महिलाहरु नै परपुरुषसंगको यौन सम्बन्धबाट गर्भ बोकी शिशु जन्माइ हत्या गरेर फाल्ने अपराधमा संलग्न देखिएका छन् ।

यस्तै अपराधमा तिङ्लाकी ३६ वर्षीया बिना भुजेल, सोताङ ९ लगुवा की २७ वर्षीया कमला बिक, चौरीखर्क ५ फाक्दीङकी २० वर्षीया सोना डोमा शेर्पा अहिले सजाय काटिरहेका छन् ।

– राधा ढुंगानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?