Comments Add Comment

सागका लागि महिला भारोत्तोलन खेलाडी छनोट

१ पुस, काठमाडौं । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा सहभागी हुने महिला खेलाडी छनोट भएका छन् ।

विभिन्न ७ तौलसमूहमा ७ खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजक तिलक राउतले जनाएका छन् ।

४८ केजीमा नेपाली सेनाकी मनीषा राना, ५३ केजीमा नेपाल प्रहरी क्लबकी देवी चौधरी, ५८ केजीमा सेनाकी कमला श्रेष्ठ, ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ६९ केजीमा सेनाकी मनीता श्रेष्ठ, ७५ केजीमा प्रहरीकी लक्ष्मी बन तथा ७५ केजीमाथि प्रहरीकी तारादेवी पुन रहेका छन् । पुरुषतर्फ ८ खेलाडी यसअघि नै छनोट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment