+
+

रेखा मुडी, नीता गुटमा विश्वास गर्ने, जल घमण्डी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते ११:१२

five actress
पछिल्लो समयका ब्यस्त निर्देशक हुन् ऋषि लामिछाने । उनले पुरानी नायिका जल शाहदेखि पछिल्लो समयकी शिल्पा पोखरेल समेतलाई काम गराएका छन् ।

‘कही मिलन कही विछोड’बाट निर्देशनमा डेब्यु गरेका लामिछाने अहिले ‘किस्मत-२’ को प्राविधिक कार्यमा ब्यस्त छन् । ‘हाम्रोे माया जुनी जुनीलाई, सरि ल’ लगायत आधा दर्जन चलचित्र र केही मेघा सिरियल बनाएका लामिछानेले नेपाली नायिकामा समग्रमा क्षमता भएको टिप्पणी गर्छन् ।

निर्देशक ऋषि लामिछाने
                                                                             निर्देशक ऋषि लामिछाने

को नायिकामा कती क्षमता छ र कमजोरी के हो ? निर्देशक लामिछानेलाई अनलाइनखबरले सोधेको थियो । उनले नेपाली नायिकामा देखेको क्षमता र कमजोरी यस्ता छन् ।

खुल्न गार्‍हो मान्छिन् शिल्पा
अभिनयमा मेहनती छिन् । कुनै पनि कुरा सिकाउँदा झर्को मान्दिनन् । सिकाएको हरेक कुरा जिज्ञासु बनेर सिक्ने उनको बानी छ । जती सिकाउँदा पनि झर्को नमान्ने उनको बानी छ ।

सुटिङमा समयमा आउने उनको अर्को राम्रो बानी हो । नृत्य र द्धन्द्धमा उनी अब्बल छिन् । यसको अर्थ अभिनय कमजोर छ भन्ने होइन ।
छिट्टै घुलमिल हुन नसक्नु उनको कमजोरी हो । खुल्न केही गार्‍हो मान्छिन् । सिमित मान्छेहरुसँग मात्रै सम्बन्ध राख्नु उनको कमजोरी हो ।

सिमित गुटमा विश्वास गर्छिन् नीता
मेरो चलचित्रमा काम गर्ने क्रममा नम्बर वान नायिका बन्छु भन्थिन् । नम्बर वान भइन् भइनन् मलाई थाह छैन । तर, राम्रो अभिनय गर्ने नायिका हुन् । नृत्यमा पर्फ]{ट छिन् । वानी ब्यहोरा पनि राम्रो छ ।

एउटा सिनेमामा काम गरिरहँदा अर्को सिनेमासँग सम्बन्ध कायम राख्न नसक्नु उनको कमजोरी हो । उनी आफ्नो वारेमा आफै निर्णय गर्न सक्दिनन् जस्तो लाग्छ । अर्को कुरा उनी सिमित गुटमा विश्वास गर्छिन् । त्यसकारण पनि उनको बजार फराकिलो हुन सकेको छैन । हल्का मुडी छिन् ।

सबै भन्दा शक्तिशाली रेखा
नेपाली चलचित्र क्षेत्रको सबै भन्दा शक्तिशाली नायिका हुन् रेखा थापा । नायिकाको नामले पनि चलचित्र चल्छ भन्ने कुरा सत्य सावित गरेर देखाइदिइन् । धेरै नायिकाको लागि एउटा स्कुल हो रेखा थापा ।

१२ वर्ष अघि भेट्दा मसँग जस्तो ब्यबहार गर्थिन् अहिले पनि उनको ब्यबहार उस्तै छ । उनको ब्यबहारवाट धेरै कुरा सिक्न सकिन्छ । अभिनय, द्धन्द्ध र नृत्यमा रेखावाट सिक्नुपर्ने कुरा धेरै छ । उनको कमजोरी एउटै छ, उनी अली मुडी छिन् । सन्की पनि ।

घमण्डी तर मिलनसार जल
धेरैको लागि घमन्डी केटी हुन जल शाह । मेरो लागि एकदमै मिलनसार । जल जस्तो गहिराईमा पुगेर अभिनय गर्न सक्ने नायिका शायदै मैले देखेको छैन । अभिनय कसरी गर्ने भन्नेमा उनवाट सिक्नुपर्ने कुराहरु धेरै छन् । शरीर मेन्टन गर्न जानिनन् । धेरै मान्छेसँग दुरी बढाउनु उनका कमजोरी हुन् ।

चलाख नायिका विपना थापा
नृत्य, अभिनय र एक्सप्रेशनमा उनी अब्बल थिइन् । त्यो भन्दा पनि महत्वपूर्ण उनी आफुले काम गरेका हरेक निर्माता/निर्देशकसँग पारिवारिक सम्बन्ध कायम राख्न सफल हुन्थिन् । उनी आफंमा चलाख नायिका हुन् । शारीरिक बनावटले पनि उनलाई साथ दिएको थियो । उनको मिजासिलो ब्यबहार अर्को आकर्षक पक्ष थियो ।

टाइम म्यानेज गर्न नसक्नु उनको सबै भन्दा ठूलो कमजोरी हो । केही पटक उनलाई किडन्याप गरेर समेत सुटिङ गराएका छन् निर्माता/निर्देशकले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?