+
+

सलमानलाई फाप्यो २०१५, यी हुन् सर्वाधिक कमाउने चलचित्र

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १६:१७

बर्ष २०१५ बलिउड नगरिका लागि सुखद रह्यो । भोलीबाट प्रदर्शनमा आउने २ ठूला चलचित्रलाई छाड्ने हो भने, यो बर्ष १ सय करोड क्लबमा ५ वटा चलचित्रले प्रवेश पाए । ३ सय करोडमा एउटा मात्र चलचित्रले प्रवेश पायो । यो बर्ष सलमान खानका लागि विशेष रह्यो । २ सय करोड क्लबमा पनि एउटा चलचित्रले स्थान जमायो ।
bajrangi-vaijan
१. बजरंगी भाइजानः इदको अवसर पारेर प्रदर्शनमा आएको सलमान खान र करिना कपुर अभिनित चलचित्र ‘बजरंगी भाइजान’ सर्वाधिक धेरै कमाउने चलचित्र बन्यो । समिक्षक र दर्शक दुबैको साथ पाएको यो चलचित्रले बक्स अफिसमा ३ सय करोड माथिको व्यापार गर्‍यो ।
prem-ratan-dhan-payo
२. प्रेम रतन धन पायोः बलिउडमा यो बर्ष सलमान खानकै राज चल्यो । तिहारको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘प्रेम रतन धन पायो’ले बक्स अफिसमा २ सय करोड माथिको व्यापार गर्‍यो । सलमान खान र सोनम कपुर अभिनित यो चलचित्र पनि  सुपरहिट भयो ।
bahubali
३.बाहुबलीः यो बर्ष बक्स अफिसमा सर्वाधिक सफल रह्यो चलचित्र ‘बाहुबली’ । पहिलो दिनमै भारतभर ५० करोडको व्यापार यसले गर्‍यो । प्रवास र तमन्नाको मुख्य भूमिका रहेको यो चलचित्रले हिन्दी भर्सनमा पनि १ सय करोड माथिको व्यापार गर्न सफल रह्यो ।
tannu-weds-mannu
४. तन्नु वेड्स मन्नु रिटन्र्सः कंगना र आर माधवनले अभिनय गरेको चलचित्र तन्नु  वेड्स मन्नु बलिउडमा यो बर्ष सबैभन्दा धेरै नाफा कमाउने चलचित्र हो । समिक्षक र दर्शकको राम्रो साथ पाएको यो चलचित्रले १५० करोडको व्यापार गरेको थियो ।
abcd-2
५.एवीसीडी २ः यो बर्षको सुरुवातमा १ सय करोड कमाउने चलचित्र हो, ‘एवीसीडी २’ । बरुण धवन र श्रद्धा कपुरको मुख्य भूमिका रहेको डान्सको कथामा बनेको यो चलचित्रले पनि सुपरहिटको व्यापार गरेको छ ।

यो बर्ष बलिउडमा आमिर खान, ऋतिक रोशन जस्ता कलाकारको चलचित्र प्रदर्शनमा आएन । जसका कारण पनि बलिउडले केही करोड घाटा व्यहोरेको छ । तर, साहरुख खानको चलचित्र ‘दिलवाले’ र रणवीर सिंहको प्रतिक्षित चलचित्र ‘बाजिराओ मस्तानी’ भोलीबाट प्रदर्शनमा आउने भएकाले पनि यसले व्यापारमा अर्को उचाई दिन सक्छ । बलिउडमा यो बर्ष सय करोडमा कम चलचित्रले स्थान जमाए । तर, साना चलचित्रले पनि गतिलो व्यापार भने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?