Comments Add Comment

डिसहोममा आक्रमण गर्ने माओवादी कार्यकर्ता पक्राउ

३ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित डिसहोमको टवरमा आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Dish Home finalमहानगरिय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर खोकनाका जीवन्द्र शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाही विप्लव माओवादीका कार्यकर्ता भएको ललितपुर प्रहरी परिसरका नायब उपरीक्षक (डीएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

शाहीले प्रहरीसँगको बयानमा पटक-पटक चेतावनी दिँदा पनि डिसहोमले भारतीय च्यानहरु बन्द नगरेको भन्दै आक्रमण गरेको बताएका छन् ।

पुस १ बिहान तीन वटा मोटर साइकल आएका ६ जनाको समूहले डिसहोमको कन्ट्रोल बक्समा पेट्रोल बम प्रहार गरेर आक्रमण गरेका थिए । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment