५ पुस, काठमाडौं । आइतबार फेरि राष्ट्र बैंककले बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । आइतबार उठाइएको निक्षेप राष्ट्र बैंकले ९० दिनपछि अर्थात् आगामी चैत ६ गते फिर्ता गर्ने जनाएको छ ।
भारतीय नाकाबन्दीसँगै आर्थिक क्रियाकलाप खुम्चिएपछि बैंकिङ प्रणालीमा अर्बौ रकम थुप्रिरँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकलाई हम्मेहम्मे परेको छ ।
चालू आर्थिक वर्षको यस अवधिसम्ममा केन्द्रिय य बैंकले विभिन्न मौद्रिक उपकरण प्रयोग गरी अढाई खर्ब रुपैयाँभन्दा बढी तरलता बजारबाट उठाइसकेको छ ।
अझैपनि बैंकिङ प्रणालीबाट उठाएको १ खर्ब २० अर्ब रुपैयाँ तरलता राष्ट्र बैंकको होल्डमा छ । बाँकी १ खर्ब ३० अर्ब रुपैयाँ भने फिर्ता गरिसकेकेा राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा करिब ६० अर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता छ ।
आइतबार उठाउने निक्षेपका लागि दिउसो २ बजेदेखि अनलाइनमार्फत बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल बहुव्याजदर प्रणालीमार्फत गरिने छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै यो निक्षेप खरिद गर्न सक्नेछन् ।
गोप्य बोलकबोलमार्फत निक्षेप राख्ने संस्थाहरुले व्याजदर छनोट गर्नुपर्ने र संस्थाहरुले छनोट गरेकोमध्ये सबैभन्दा कमलाई आधार मानेर व्याजदर दिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोल गरेको रकम बैंक तथा वित्तीय संस्थाहरुले अनिवार्य नगद मौज्दातमा गण्ना गर्न पाउने छैनन् । तर, तरलता अनुपातमा भने यस्तो रकम राख्न पाउने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया 4