५ पुस, रौतहट । रौतहट सदरमुकाम आज पनि तनावग्रस्त बनेको छ । बीपीचोक, अदालत रोड र बैंक चोकमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ ।
प्रदर्शनमा उत्रिएका आन्दोलनकारीलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही राउन्ड हवाइ फायर गरेको छ । प्रहरीले ज्यादती गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले केही राउण्ड अश्रुग्यासका सेल प्रहार गरेको छ ।
शनिबार पनि बीपी चोकमा दुई पक्षबीच झडप भएको थियो । शनिबारको झडपमा प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै पाँच राउण्ड हवाइ फायर गरेको थियो । मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4