+
+
Shares

राष्ट्रपति भण्डारीको अपमान गर्नेलाई कारवाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १४:५८

Biratnagar-ma-Birodh५ पुस, विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुरमा गरिएको अपमानको विरोधमा आज विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् ।

एमाले निकटको अखिल नेपाल महिला संघ मोरङले मधेसी मोर्चाका कार्यकर्ताले एकल महिलाहरुलाई अपमान गरेको भन्दै विराटनगरको जनआन्दोलन चोकमा प्रदर्शन गरेको हो ।

कालो भण्डा र ब्यानरसहित सहभागी महिलाहरुले कुल जनसंख्याको ५१ प्रतिशतभन्दा वढी जनसंख्या रहेको महिलालाई विभेद गर्न खोज्नेहरुलाई कडा कार्वाही गर्न उनीहरुले मागसमेत गरे ।

आफ्नै सरकारको आलोचना

घटना भएको यतिका दिन भइसक्दा पनि राज्यले उनीहरुलाई कानुनको कठघरामा उभ्याउन नसकेको भन्दै एमालेको भगिनी संगठनमा आबद्ध महिलाहरुले आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचनासमेत गरेका थिए ।

प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्वोधन गर्दै अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा सांसद तारा राईले राष्ट्रपति भण्डारीलाई गरिएको अपमान सामाजिक अपराध भएकाले अपमान गर्नेहरुलाई सरकारले तत्काल पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गरिन् ।

त्यसैगरी एमालेकी केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज डा. शिवमाया तुम्वाहाम्फेले जनकपुरमा राष्ट्रपति भण्डारीलाई एकल महिला भनेर गरिएको अपमानले विश्वका महिलालाई अपमानित तुल्याएको भन्दै यस्ता कार्यमा सलग्नलाई कार्वाही गर्नुपर्ने बताइन् ।

विवाह पञ्चमीको अवसरमा जनकपुृरस्थित जानकी मन्दिरमा राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेर फर्केपछि मधेसी मोर्चाका कार्यकर्ताहरुले ‘विधुवा’ मन्दिरभित्र प्रवेश गरेको भन्दै गंगाजल छर्केर चोख्याएका थिए ।

यो पनि पढ्नुस्

जनकपुर घटनामा माफी माग्न मधेसी मोर्चालाई एमालेको आग्रह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?