५ पुस, भैरहवा । नेपाल-भारतको सीमा नाका बेलहियाबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
दशगजामा धर्नामा बस्नका लागि आइतबार नेता कार्यकर्ताले नाराबाजी सुरु गरेलगत्तै संयोजक यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्षसमेत रहेका यादव आफ्ना कार्यकर्तासहित दशगजामा अवरोध गर्न आएका कारण उनलाई सीमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।
यसैवीच आइतबार मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले भैरहवा क्षेत्रमा छुटाछुटै रुपमा व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकको प्रतिलिपी जलाएका छन् ।
पछिल्लो चरणको आन्दोलन घोषणासँगै आइतबार अन्य जिल्लामा समेत यसैगरी संशोधन विधेयक जलाउने कार्यक्रम थियो ।
प्रतिक्रिया 4