+
+
Shares

तीनवटा मध्ययुगीन भूकम्पबाट पोखरा बनेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १७:१८
सराङकोटबाट देखिएको पोखराको दृश्य
सराङकोटबाट देखिएको पोखराको दृश्य

५ पुस, काठमाडौं । नेपालको पर्यटकीय शहर पोखरा मध्ययुगमा आएका तीन शक्तिशाली भूकम्पपछिको भग्नावशेषबाट बनेको दाबी एक अनुसन्धानले गरेको छ । अन्वेषकहरुका अनुसार पोखरा उपत्यकामा सन् ११००, १२५५ र १३४४ मा आठ म्याग्निच्युड आसपासका ३ भूकम्प गएका थिए ।

जर्मनीको पोट्सडम युनिभर्सिटीको नेतृत्वमा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय टोलीले यस विषयमा अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेको हो । मध्ययुगीन भूकम्पहरुले सो क्षेत्रमा ठूलो भौगोलिक उथलपुथल ल्याएको प्रतिवेदनमा उल्लेख छ ।

‘भुकम्पले ठूलो परिमाणमा संरचनाहरु भत्किनुका साथै जनधनको व्यापक क्षति भएको थियो । अन्नपूर्ण हिमश्रृंखलाको ६० किलोमिटर क्षेत्रसम्म चट्टान ढुंगा र बालुवाहरु छरिएका थिए । यसबाट भौगोलिक तथा आर्थिक पुनसर्ंरचना सुरु भएको हो ।’ वैज्ञानिकहरुले भनेका छन् ।

Credit: C. Andermann, GFZ
Credit: C. Andermann, GFZ

भूकम्पका क्रममा खसेको ठानिएको एउटा ठूलो ढुंगामा वैज्ञानिकहरुको ध्यान आकृष्ट भएको थियो । अध्ययनमा संलग्न जर्मन रिसर्च सेन्टरका त्रिस्टोफ एन्डरम्यानका अनुसार उक्त ढुंगो १० मिटर परिधि र ३०० टन तौलको छ ।

सन् ११०० र १३४४ मा ठूला भूकम्प गएको नयाँ दावी 
यो अध्ययनले सन् ११०० र १३४४ मा आठ रेक्टरभन्दा ठूलो भूकम्प गएको नयाा कुराको दावी गरेको छ । सामान्यतयाः सन् १२५५ को भूकम्पबारे चर्चा गरिएको भेटिए पनि यी दुई भूकम्पको पहिलोपटक कुरा उठेको छ । यो अध्ययनले २५० बर्षको दौरानमा तीनवटा आठ रेक्टरभन्दा ठूलो भूकम्प एकै क्षेत्रमा गएको देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?