+
+
Shares

भारतको तल्लो सदनमा पनि नेपालबारे छलफल हुने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते ७:३८

Parliament

६ पुस काठमाडौं । भारतको तल्लो सदन लोक सभामा पनि नेपालको अवस्थाबारे छलफल हुनसक्ने देखिएको छ । भारतीय सरकार र विपक्षी दलहरुबीच शनिवार अवरुद्ध संसद खुलाउने सहमति भएपछि विवाद नरहेका विधेयकहरु अघि बढ्ने भएको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार जारी अधिवेशनमा अब नेपाल सम्बन्धी छलफल हुन सक्ने देखिएको छ । भारतको माथिल्लो सदनमा हालै नेपाल-भारत सम्बन्धका विषयमा छलफल भएको थियो । छलफलका क्रममा विदेश मन्त्री शुष्मा स्वराजले नेपालमा संसदिय प्रतिनिधि मण्डल पठाउने प्रस्ताव गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?