+
+
Shares

मौसम सफा नहुँदा राष्ट्रिय र अन्तरराष्ट्रिय उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते ९:११

Nepal-Airlines-New-plane-Sagarmatha (2)

६ पुस, काठमाडौं । बढ्दो वायु प्रदूषणले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मौसमविदहरुले बताएका छन् । काठमाडौं उपत्यकामा बाक्लो कुहिरो लागेको र मौसम धुम्मिएकाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् ।

‘विहान ६ बजेसम्म भिजिबिलिटी ५ सय मिटर पनि थिएन । विहान १०-११ नबजेसम्म उडान हुन नसक्ने देखिएको छ,’ मौसमविद मिनकुमार अर्यालले अनलाइनखबरसँग भने ।

अर्यालका अनुसार हिउँदे झरी विगतका वर्षहरुको तुलनामा ढिला भएकाले पनि चिसो बढेको छ । उनले तत्काल पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्नसक्ने बताए ।

‘पश्चिमी वायुको प्रभावले पानी पर्नुपर्थ्यो तर, डेढ महिना ढिला भैसक्यो । पानी नपर्दा मौसम सफा भएन र सूर्यका किरणहरु वायुमण्डलमै छेकिए,’ अर्यालले भने, ‘अझै एक-डेढ हप्तासम्म यस्तै चिसो रहन सक्छ वा यो भन्दा पनि चिसो बढ्छ ।’

अहिले काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस छ । डिसेम्बर २२ तारिकदेखि दिन छोटा हुँदै जाने भएकाले चिसो झन् बढ्ने मौसमविदको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?