+
+
Shares

प्रधानमन्त्रीको बाटो छेक्न खोज्दा दुहवीमा झडप, ४ जना पक्राऊ

६ पुस, सुनसरी । एमालेको मधेस जागरण अभियान अन्तर्गत आज सुनसरीको इटहरीमा हुने आमसभा बिथोल्न मधेसी मोर्चाले दुहवीमा अबरोध गरेपछि प्रहरीसँग झडप भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते ११:३४

६ पुस, सुनसरी । एमालेको मधेस जागरण अभियान अन्तर्गत आज सुनसरीको इटहरीमा हुने आमसभा बिथोल्न मधेसी मोर्चाले दुहवीमा अबरोध गरेपछि प्रहरीसँग झडप भएको छ । झडपमा ५ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् भने प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

Duhabiसुनसरीको दुहवीमा अहिले मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको पत्रकार लिलाराज भट्टराईले जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन भेला भएका मोर्चाका कार्यकर्तालाई तितर बितर पार्ने क्रममा झडप भएको हो ।

प्रधानमन्त्री ओली सोमबार बिराटनगर बिमानस्थलबाट दुहवी हुँदै इटहरी पुग्ने कार्यक्रम छ ।

दुहवी हुँदै प्रधानमन्त्री इटहरी आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ताहरुले दुहवीमा प्रदर्शन गरिरहेका छन् । भेला भएका कार्यकर्तालाई तितर बितर गर्ने क्रममा रामेश्वर मण्डल, मुन्ना साह, रञ्जित गोश्वामी, एसएन मेहता घाइते भएको मोर्चाले जनाएको छ ।

यस्तै प्रदर्शनमा उत्रिएका महेस यादव, भुपेन यादव, पप्पु गोश्वामी लगायतलाई पक्राउ गरिएको छ । एमालेले इटहरीमा जनसभाको आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?