+
+
Shares

संविधानबारे जनमत संग्रह गर्न माधव नेपालको प्रस्ताव

६ पुस, बुटवल । नेकपा एमालेका नेता माधवकुमार नेपालले जारी राजनीतिक संकट समाधानका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य जरुरी भएको बताएका छन् । ६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत भएकाले संकट गहिरिएको भन्दै उनले सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्ने धारणा राखे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते १२:१९

Madhav-Nepal

  • फाइल तस्वीर

६ पुस, बुटवल । नेकपा एमालेका नेता माधवकुमार नेपालले ६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत भएकाले संकट गहिरिएको भन्दै सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्ने धारणा राखेका छन् । उनले संविधानबारे जनमत संग्रह गर्न सकिने पनि बताए ।

प्रेस चौतारी नेपालले सोमबार बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान ठीक छ बेठीक भन्नेमा जनमत संग्रह पनि गर्न सकिन्छ ।’

जारी राजनीतिक संकट समाधानका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य जरुरी भएको बताए । संविधान कार्यान्वयनका लागि पनि कांग्रेससँगको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव चाँडो पारित गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

‘कहिले कांग्रेस र त कहिले मधेसी मोर्चाको अबरोधका कारण रोकिएको संविधान संशोधन प्रस्ताव पारित गर्न बिलम्व गर्नु हुँदैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने, ‘६ प्रदेशबाट ७ प्रदेशमा जाने निर्णय नै गलत थियो अब सीमांकनलाई थाती राखेर भएपनि निकास निकाल्नु पर्छ ।’

आन्दोलनरत मधेसी मोर्चाले भने सीमांकनविना संविधान संशोधन गर्न लागिएको भन्दै विरोध गर्दै आएको छ ।

भारतसँगको सम्बन्ध सुधार्नुपर्नेमा पनि नेता नेपालले जोड दिए । ‘भारतसँगको सम्बन्ध सामान्यीकरण गर्दै न्यानो बनाउनुपर्छ,’ नेता नेपालले भने, ‘नाकाबन्दी खुलाउन सरकारले कुटनीतिक प्रयास बढाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?