Comments Add Comment

राप्तीलाई युद्ध पर्यटनको गन्तव्य बनाऔं : उदयसमशेर

८ पुस, रुकुम । तरुण दल नेपाल नेता तथा सांसद उदयसमशेर राणाले राप्ती अञ्चललाई युद्ध पर्यटनको गन्तव्य बनाउनुपर्ने बताएका छन् । नेपाल तरुण दल रुकुमको विचारमुकल अन्तरक्रिया कार्यक्रममा सहभागि हुन आएका राणाले यस्तो बतएका हुन् ।

Udaya-Samser-Rana

दश बर्षसम्म चलेको सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित राप्तीलाई युद्ध पर्यटनको गन्तव्य बनाउने उद्देश्यसहित रुकुमबाट ‘गुरिल्ला ट्रेक’को शुरुवात भएकोमा खुसी व्यक्त गर्दै उनले यसमा सरकारले सक्दो सहयोग गर्नुपर्ने बताए ।

‘गुरिल्ला ट्रेक’को रुट निर्धारण गर्दै युद्ध पर्यटनको शुरुवातले यस क्षेत्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने राणाले बताए । नेपालको मध्यपश्मिाञ्चलका सबै जिल्लामा पर्यटन विकासका लागि धेरै सम्भावना भएको तर सबै जिल्लामा पर्यटन भित्रयाउन सरकारले पहल नगरेको धारणा उनले राखे ।

यस्तै रुकुम लगाएत धेरै जिल्लामा प्रशस्त जलस्रोत भएकोले यसबाट जलविद्युत उत्पादन गरी विभिन्न उद्योग सञ्चालनबाट युवाहरुलाई राजगारीको व्यवस्था गर्नुपर्ने उनले बताए । देशमा नै युवाहरुलाई रोजगार दिलाए नेपालको विकास छिटै हुने र युवाहरुको शक्ति देशभित्र खपत हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment