+
+
Shares

चीनले भन्यो-नेपाली परराष्ट्रमन्त्रीको भ्रमणलाई उच्च महत्व दिएका छौं

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ९ गते १८:०५

Hong-Lei

९ पुस, काठमाडौं । चीन भ्रमणमा रहेका उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले उपराष्ट्रपति ली युआन्चाओसित भेट गर्ने निश्चित भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लीले नियमित पत्रकार सम्मेलनमा थापा र ली युआन्चाओबीच भेट हुने तय भएको जानकारी दिए ।

नेपालमा नयाँ सरकार बनेपछि सबैभन्दा माथिल्लोस्तरको भ्रमण भएको भन्दै दुवै सरकारले यसलाई उच्च महत्व दिएका प्रवक्ता होङले बताए ।

भ्रमणमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने उल्लेख गरे पनि कुनै महत्वपूर्ण सम्झौता हुन लागेको उनले संकेत गरेनन् ।

‘चीन र नेपालबीचको दौत्य सम्वन्ध स्थापनाको ६० औं वर्ष प्रवेशका अवसरमा भ्रमण हुन लागेकाले पनि यसको महत्व बढेको छ । भ्रमणका क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्धको विकास, सिमा क्षेत्रमा व्यवहारिक समन्वयका साथै द्विपक्षिय सम्वन्धको विकासका लागि विचार आदान प्रदान हुने छ,’ प्रवक्ता होङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?