+
+
Shares

कालीमाटीमा प्याज किलोको ३० रुपैयाँ, खुद्रामा मनलाग्दी भाउ

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते १०:५०

onion१० पुस, काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य सस्तिने क्रम जारी छ । नाकाबन्दी उत्कर्षमा पुगेका बेला खुद्रा बजारमा किलोको २ सय रुपैयाँसम्म पुगेको प्याज अहिले ४० रुपैयाँ प्रतिकेजीमा झरेको छ ।

कालीमाटी बजारमा प्याज शुक्रबार प्रतिकिलोे २५ देखि ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

भारतबाट सहज रुपमा आइरहेको कारण पनि प्याजको मूल्य निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको तरकारी तथा फलफूल व्यवसायी महासंघले जनाएको छ ।

नयाँ प्याज पनि बजारमा आएकाले मूल्य सस्तिएको कालीमाटीका तरकारी थोक विक्रेता भगवानचन्द्र उप्रेतिले बताए । प्याजको मूल्य घटेपछि बजारमा प्याजको खपत पनि बढेको व्यवसायी बताउँछन् ।

‘भारतमा पर्याप्त प्याज उत्पादन भएको छ । सहज रुपमा नेपालमा प्याज पनि आइरेको छ । त्यसैकारण प्याजको मूल्य निकै घटेको छ’ व्यवसायी उप्रेतिले भने ।

थोक बजारमा प्याज प्रतिकालो ३० रुपैयाँसम्म आएपनि खुद्रा बजारमा भने मनलाग्दी रुपमा बेचिने गरेको छ ।

सरकारले अनुगमन नगर्दा खुद्रा व्यवसायीले नाकाबन्दीको बाहानमा प्याजमा अझै उच्च मूल्य कायम गरेर बेचिरेका छन् ।

पूर्ण रुपमा नकाबन्दी खुलेर आयात थप सहज भए प्याजको थोक मूल्य प्रतिकिलो २० देखि २२ रुपैयाँसम्म झर्ने उप्रेतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?