+
+
Shares

गाडीको ठक्करबाट एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते ९:०९

११ पुस, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–८ लक्ष्मीनारायण चोकमा शुक्रबार राति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराले दिएको जानकारीअनुसार सोही नगरपालिका–५ चौकीडाँडा निवासी ३५ वर्षीय ज्ञानबहादुर लामाको सवारीले ठक्कर दिँदा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक महेन्द्रबहादुर थापाका अनुसार राति १२ बजे काठमाडौँबाट आएका लामा गाडीबाट झरेर बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । प्रहरीको गाडीले उपचारको लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थापाले बताए ।

प्रत्यक्षदर्शीका अनुसार सानो गाडीको साइरन बलिरहेकाले एम्बुलेन्स हुनसक्ने आशङ्का गरिएको भए पनि ठक्कर दिने सवारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?