+
+
Shares

आत्महत्या गर्न लागेका व्यक्तिलाई टर्कीका राष्ट्रपतिले बचाए

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १४:२७

Turkey-erdogan-suicide

११ पुस, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तईप एरडोगनले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका एक व्यक्तिलाई बचाएका छन् ।

टीभी फुटेजहरुमा देखाइए अनुसार एरडोगनको मोटर इस्तानबुलको बोस्फोरस पुलमा रोकिन्छ । भेजी काकरस नाम गरेका व्यक्ति पुलबाट हामफाल्न लागेको थिए ।

राष्ट्रपति एरडोगनका सहयोगीहरुले ती मानिसलाई राष्ट्रपतिले कुरा गर्न चाहेको सन्देश दिए । र, तत्कालै उनीहरुलाई तानेर राष्ट्रपतिको गाडिमा ल्याए ।

Turkey-erdogan-suicide-1

एरडोगन गाडिमै बसे र फोनमा कुराकानी गरिरहे । उनले काकरससँग पनि कुराकानी गरे । टर्कीका एक अधिकारीले एपीलाई बताए अनुसार काकरस घरेलु समस्याका कारण डिप्रेसनबाट पीडित थिए ।

Turkish-President-Recep-Tayyip-Erdogan-and-Vezir-Cakras

समाचारहरुमा जनाइए अनुसार राष्ट्रपति एरडोगनले काकरसलाई सहयोग गर्न अधिकारीहरुलाई फोनबाटै निर्देशन दिएका छन् । उनले सहयोगको बचन समेत दिएको एक अधिकारीले समाचार एजेन्सी एपीलाई बताए । 

हरेक वर्ष केही मानिसले बोस्फोरस पुलबाट हाम फालेर आत्महत्या गर्ने गरेकोे पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?