Comments Add Comment

जातियताको कथामा ‘धौली, गजित र अनुको काम के ?

anu-shah-and-gajit-bista
घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘धौली’को विशेष शो काठमाण्डौमा वुधबार गरियो । प्रचारप्रसार सामान्य रहेकाले पनि यो चलचित्रको बारेमा धेरै दर्शक बेखबर छन् । कतिपय हेर्नैपर्ने चलचित्र प्रचारको अभावका कारण असफल भएका उदाहरण पनि धेरै छन् ।
काठमाण्डौ बाहिर पौष १० गतेबाट चलेको यो चलचित्र शुक्रबारबाट भने काठमाण्डौमा लाग्दैछ । गजित बिष्ट, अनु शाह, गीता अधिकारी चलचित्रका मुख्य कलाकार हुन् ।

चलचित्रको कथावस्तु चयनमा निर्देशक लामिछाने सही देखिएका छन् । नेपाली समाजमा देखिने गरेको जातिय छुवाछुत र त्यसले निम्त्याएको परिणामलाई चलचित्रले उठान गरेको छ । चलचित्रको शिर्ष भूमिकामा गीता अधिकारीले काम गरेकी छिन् । उनलाई गजित बिष्ट र अनु शाहले साथ दिएका छन् ।

चलचित्रको कथावस्तु चयन उत्कृष्ट भएपनि प्रस्तुतीमा धेरै ठाउँमा कमजोरी देखिन्छ । एक आमा, उनले जातियताका कारण भोग्नु परेको समस्या र त्यसले निम्त्याएको परिणाममा नै यो चलचित्र बनेको छ ।

चलचित्रमा कलाकार गीता अधिकारीको कामलाई उत्कृष्ट मान्नुपर्छ । उनले चलचित्रको शिर्ष भूमिकालाई न्याय गर्ने काम गरेकी छिन् । गजित र अनुले पनि आफूले पाएको भूमिकालाई राम्रो तरिकाले निर्वाहा गरेका छन् । मनछुने कथावस्तु, सामान्य गीतसंगीत, नेपाली परिवेशको कथामा ‘धौली’ निर्माण गरिएको छ । काठमाण्डौमा चलचित्रका हेरेका पत्रकार तथा चलचित्रकर्मीले यसको कथालाई नै रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment