Comments Add Comment

यी हुन् टु पिसले डुबाएका नायिका

काठमाडौं । ‘फास्ट ट्रायाक’ बाट चर्चामा आउन चाहने नायिकाका लागि पहिलो विकल्प हो अंगप्रदर्शन । अंगप्रदर्शनका लागि अहिले सबैभन्दा चल्तिको फर्मुला हो आइटम डान्स र टु पिस ।

यद्यपि, आइटम डान्स र टुपिसले क्षणिक चर्चा दिलाए पनि दिर्घकालिन भने हुादैन । आइटम डान्सले करिअर चम्किन्छ भन्दै छोटो लुगा लगाएर क्यामेरा अगाडि खुलस्त भएका केही युवतीहरु अन्ततः पछुताएका पनि छन् । यहाा यस्तै केहि सुन्दरीहरुको चर्चा गरिएको छ ।

jiya kc

जिया केसीः नेपाली फिल्म उद्योगमा प्रवेश गरेकामध्ये अत्यधिक विवादित नायिका हुन् जीया केसी । कथानक चलचित्र ‘हो यहि हो माया’ बाट रजतपटमा प्रवेश गरेकी जियाले चर्चामा आउनका लागि अंगप्रदर्शनलाई नै सबैभन्दा ठूलो हतियार मानिन् । एटिएम नामक फिल्ममा बोल्ड दृष्य दिएकी जियाले क्षणिक चर्चा पाइन् पनि । तर, उनको करियर भने अगाडि बढ्न सकेन ।

फिल्मको प्रोमो वा पोस्टर रिलिज गर्दा समेत जियाकै चर्चा हुन्थ्यो । तर, काठमाडौमा हुने कुनै पनि फिल्मी कार्यक्रममा उनलाई कसैले निम्ता गर्दैन । अभिनयको प्रस्ताब त धेरै परको कुरा भयो ।

Rejina

रेजिना उप्रेतीः हालै चलचित्र कलाकार संघको उपाध्यक्ष निर्वाचित भएकी रेजिना उप्रेती अभिनयबाट अहिले टाढै छिन् । तीनवर्ष आफैंले निर्माण गरेको ‘बरदान’ मा अभिनय गरेकी रेजिनालाई प्रस्ताव पनि आएका छैनन् ।

छोटो लुगा लगाएर अभिनय गरेपछि चर्चामा आइन्छ भन्ने मोह उनमा पहिले थियो । चलचित्र ‘हंगामा’मा बोल्ड दृष्य दिएर चर्चामा आएकी रेजिनाले ‘कुसुमे रुमाल’ मा आइटम डान्स गरिन् । ती कुनै पनि स्टाइलले उनको करिअर उाचो बनाएन ।

pujana istri

 

पुजना प्रधानः पछिल्लो समय सडक वालवालिकाको विषयमा ‘चकलेट’ बनाएकी पूजना प्रधानको पहिले अंगप्रदर्शनमा निकै झुकाव थियो । १३ वर्ष अगाडि टु पिसमा त्रिशुलीको किनारमा खिचको उनको तस्बिरले चर्चा त राम्रै पायो तर, करिअरलाई सहयोग गरेन । यद्यपि, आफूलाई फिल्मबाट प्रस्ताव आएर पनि काम नगरेको दाबी गर्छिन उनी ।

sabina-karki-1

सबिना कार्कीः ज्यान देखाएपछि चर्चामा आईन्छ भन्ने मान्यता राख्ने अर्की नायिका हुन् सबिना कार्की । सोभित बस्नेत निर्देशित ‘दुलहीरानी’ बाट रजतपट प्रवेश गरेकी सबिनालाई केही म्युजिक भिडियोबाट पनि प्रस्ताव आयो ।

यहि बीचमा ‘एटीएम’ मा मुख्य भूमिकाको अवसर पाइन् । उक्त चलचित्रको केही दृष्यमा बोल्ड अभिनय गर्दै भद्दा संवाद बोल्नुपर्ने थियो । उनले सोचिन् ‘यी सब मलाई चर्चामा ल्याउने साधन हुन् ।’

चलचित्र सुटिङ हुादै गर्दा चर्चामा आएकी सबिना चलचित्र ‘रिलिज’ हुने बेलासम्म बद्नाम भइसकेकी थिइन् । अहिले केही म्युजिक भिडियोमा काम गरेर अभिनय तृष्णा मेटेकी सविनालाई नायिकाको प्रस्ताव राख्नेहरु घट्दैछन् ।

sumina-ghimire-hot

सुमिना घिमिरेः केही चलचित्रमा सभ्य रुपमा प्रस्तुत भएकी सुमिना घिमिरेले पनि चर्चामा आउनका लागि छोटै लुगाको खोजी गरिन् ।
म्युजिक भिडियोदेखि केही चलचित्रमा समेत बोल्ड सिन दिएकी सुमिनालाई चर्चामा आउन भने निकै गार्‍हो भयो । एक वर्ष अगाडी विवाह गरेकी सुमिना अहिले गुमनाम छिन् ।

बोल्ड सिन दिएर पनि चर्चामा आउन नसकेका अन्य कलाकार धेरै छन् । सुस्मा कार्की, सोनिया केसी, अरुणिमा लामा लगायत कलाकारले पनि छोटो लुगाकै भरमा लामो चर्चाको चाहना राखेका थिए सम्भव भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment