+
+

बसपार्कमा यसरी पल्टी गरिन्छ ग्यासको सिलिण्डर !

२० पुुस, बिराटनगर । ‘चोरका हजार दाऊ’ भन्ने आहानलाई चरितार्थ गरेका छन् बिराटनगरका केही व्यापारीहरुले । सार्वजनिक सडकमै उनीहरुले एउटा सिलिण्डरको ग्यास अर्को सिलिण्डरमा भर्दै बेच्न थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २० गते १७:१४

Gas-Boatling

ध्रुव भट्टरार्इ

२० पुुस, बिराटनगर । ‘चोरका हजार दाऊ’ भन्ने आहानलाई चरितार्थ गरेका छन् बिराटनगरका केही व्यापारीहरुले । सार्वजनिक सडकमै उनीहरुले एउटा सिलिण्डरको ग्यास अर्को सिलिण्डरमा भर्दै बेच्न थालेका छन् ।

बिराटनगरमा पुग्दा तपाईंले सडकमै ग्यासको ‘मिनी बोटलिङ प्लान्ट’ देख्न पाउनुहुन्छ । सडकमा भारतीय सिलिन्डरको ग्यास सहजै नेपाली सिलिन्डरमा पल्टी गरिएको (खन्याइएको) दृश्य रोचक लाग्न सक्छ । तर, यो निकै जोखिमपूर्ण छ ।

Gas-Boatling-1नाकाबन्दीले ग्यासको अभाव चर्किएका बेला आम नागरिकलाई ठग्न ग्यासका कालोबजारियाहरु अनेक बुद्धि लगाउन थालेका छन् । तर, कालोबजारी गर्न गरिएको यो काम कति असुरक्षित छ भन्ने स्थानीयलाई चेतना छैन । प्रहरी पनि यसलाई अनदेखा गरेर बसेको छ ।

बिराटनगरमा अहिले ग्यासको खुलेआम कालोबजारी फस्टाएको छ । बसपार्क क्षेत्रमा खुला ठाउँमै एउटा सिलिण्डरको ग्यासलाई पल्टी गरेर अर्को सिलिण्डरमा खन्याउँदै धमाधम कालोबजारी भइरहेको छ ।

समान्य प्रविधि अपनाएर ग्यास अर्कोमा भर्नु जोखिमपूर्ण र असुरक्षित कार्य हो । यसरी ग्यास अर्को सिलिण्डरमा खन्याउँदा कुनै दुर्घटना भएमा आगलागीको सम्भावना अत्यधिक हुन्छ ।

सामान्य फलामको पाइपको सहायतामा एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास भरिहेको दृश्य बिराटनगरका सडकमा सामान्य बनेका छन् ।

राजधानीबाट आएको एक गिरोहले समेत अवैध भारतीय ग्यासका सिलिण्डरलाई नेपाली सिलिण्डरमा भरिरहेको देख्न सकिन्छ । यसलाई उनीहरुले काठमाडौं पुर्‍याएर निकै महंगो मूल्यमा बेच्ने गरेका छन् । यसमा काठमाडौंबाट आएका महिलाको समुह पनि सक्रिय छ ।

खुल्ला स्थानमा प्रज्वलनशील ग्यास अवैध र असुरक्षित रुपमा रुपमा भरिरहेको जानकारी भए पनि प्रहरीले कुनै वास्ता गरेको छैन ।

ग्यास खन्याउने काममा संलग्न गिरोह होटलमा बसेर कालोबजारी गरिरहेको स्थानीय बताउँछन् । उनीहरुले यसरी ग्यास भरिएका सिलिण्डर बसमार्फत राजधानी लैजाने गरेका छन् । काठमाडौंमा ती सिलिन्डर ६ हजारदेखि ७ हजार रुपैयाँसम्म बिक्री हुन्छ ।

अहिले बिराटनगरमै पनि ग्यासको अभाव छ । तर, कालोबजारीमा ग्यास किन्न भने प्रशस्तै पाइन्छ ।

प्रहरीले भने खुला स्थानमा ग्यास पल्टी गर्नेलाई कारवाही हुने बताएको छ । ‘जथाभावी पल्टी गरी ग्यास भर्न अनुमति कसैलाई छैन । यस्तोमा संलग्नलाई कारवाही गरिनेछ’, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले भने ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?