Comments Add Comment

डा.महत उत्कृष्ट अर्थमन्त्री घोषित

Ramsaran Mahat (6)२०, पुस काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महत उत्कृष्ट अर्थमन्त्री २०१६ घोषणा भएका छन् । लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन दि बैंकर म्यागेजिनले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक डा.महतलाई प्रदान गर्ने घोषणा गरेको हो ।

केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी डा.महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आफ्नो ९०औं वाषिर्कोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी दि बैंकरले डा . महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको हो ।

बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार, डा.महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् ।

नेपालको अर्थतन्त्रमा गरेको सुधार र विशेषगरी भूकम्पपछिको पुननिर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गरी स्रोत परिचालन गर्न सफल भएको र भूकम्पपछि उत्पन्न नेपालका चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि निर्बाह गरेको भूमिकाका लागि डा.महतलाई यो पुरस्कार प्रदान गरिएको द बैंकरले जनाएको छ ।

नेपालमा भूकम्प गएको एकहप्ताभित्रै अजरबैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको वाषिर्क बैठकमा उपस्थित अन्तर्राष्ट्रिय समुदायसमक्ष डा महतले विश्वकै ध्यान खिच्नेगरी प्रभावकारी प्रस्तुति दिएको र पछि नेपालमा दाता सम्मेलन सफल भै ठूलो सहयोग जुटेको म्यागेजिनले उल्लेख गरेको छ ।

बि.सं. २०२८ सालमा नेविसंघको महामन्त्री रहेका महत २०४६ को परिवर्तनपछि पटक पटक मन्त्री अर्थमन्त्री भए । महतले नै मुलुकलाई आर्थिक उदारीकरणको युगमा प्रवेस गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment