Comments Add Comment

झापाको अवैध तेल बजार बन्द

Petrol-Kalobajari-at-Birgan२२ पुस, काँकडभिट्टा । जिल्ला प्रशासन कार्यालयले काँकडभिट्टा नाका नजिक दुई महिनादेखि चलिरहेकाे पेट्रोलियम पदार्थको अवैध बजार बन्द गराएको छ ।

भारतीय नाकाबन्दी सुरु भएयता मेचीनगर–११ प्यारी भिट्टास्थित खुला चौरमा अवैध तेल बजार सञ्चालन हुँदै आएको थियो । त्यहाँ अवैध रुपमा भारतबाट भित्र्याइएको पेट्रोल र डिजेलको व्यापार हुँदै आएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी डम्बरु निरौलाले विकृति बढेका कारण बजार बन्द गराइएको जानकारी दिए। पहिलो चरणमा राजमार्ग वरपरको अवैध तेल बजार बन्द गराइएको र अर्को चरणमा जिल्लाका सबै क्षेत्रमा तेलको अवैध व्यापार रोक्ने योजना रहेको उनले बताए ।

बजारमा दैनिक ८० हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल किनबेच हुँदै आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment