 
																			११ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो दिन करिब ६ अंकले ओरालो लागेको बजार सोमबार करिब ४ अंकले सुधारिएको हो ।
सोमबार ३ दशमलव ८७ अंकले बढेर नेप्से परिसूचक १ हजार १ सय ३८ दशमलव ६७ अंकमा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत थोरै सुधार देखिएको छ ।
दिनभर भएका ५ हजार दुई सय ४१ कारोबारबाट विभिन्न कम्पनीका ९ लाख २९ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २४ करोड २६ लाख ५९ हजार ५ सय १५ रुपैयाँ पुगेको छ ।
सोमबार सबैभन्दा धेरै कमाउनेमा जीवन बीमा कम्पनीका लगानीकर्ताहरु देखिएका छन् भने धेरै गुमाउनेमा उत्पादनमूलक क्षेत्रका लगानीकर्ताहरु रहेका छन् ।
कारोबार रकमका आधारमा सोमबार मुक्तिनाथ विकास बैंक अग्रस्थानमा देखिएको छ । यो बैंकको सेयर प्रतिकित्ता ४ रुपैयाँले घटेर २ सय ८ मा आइपुगेको छ । यद्यपि यस बैंकको सोमबार २ करोड भन्दा माथिको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो स्थानमा भने नागरिक लगानी कोष देखिएको छ । लगानी कोषको सोमबार १ करोड १२ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएका छन् । यसको सेयर मूल्य प्रतिकित्ता २ हजार ६ सय १० रुपैयाँ रहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4