Comments Add Comment

घरघरमा पाइपबाट ग्यास पुर्‍याउँछु भन्दा जिब्रो कता छ तेरो भन्न थालेः प्रधानमन्त्री

KP Oli

२८ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउँछु भन्दा आफ्नो मजाक उडाइएको भन्दै गुनासो पोखेका छन् ।

राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं साधारणसभालाई सम्बोधन गर्दै ओलीले भने-अबको जमाना भनेको काँधमा ग्यास सिलिण्डर बोकेर हिँड्ने होइन, चुला-चुलामा पाइप पुर्‍याउने हो, त्यो व्यवस्था गर्छु भनेको, बाहिर निस्किएपछि जिब्रो कता छ तेरो भन्न थाले ।’

आफूले हावाबाट बिजुली निकाल्छु भन्दा गज्जब हावादारी कुरा गरे भनेर उडाएको उनले सुनाए । गर्न सक्ने ठाउँमा भएकाले श्रेय र गाली दुबै पाउने भन्दै उनले भने-‘ म प्रधानमन्त्री छु, मैले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भनेको यहाँ कोको होलो मच्चियो ।’

प्रधानमन्त्री ओलीले देशलाई अगाडि बढाउँछु, धनी बनाउँछु भन्न नपाउने भए पनि गरी छाड्ने बताए ।

भिडियो

सम्पूर्ण क्षेत्रमा आधुनिकतामा जाने भन्दै उनले भने- मैले यसो हरेँ । ‘प्रधानमन्त्रीले मात्र नेतृत्व गर्छु भन्ने हो भने यहाँ त सेकुवा बनाउने रहेछन् । साहित्यकारहरुले पनि नेतृत्व गर्नुपर्छ । अनि मात्र हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपालीको शिर झुक्ने काम नगर्ने बताए । आफू लम्पसार गर्दा सबै लम्पसार परेको देखिने भन्दै भने-कसै प्रति अपमान भाव छैन, मैत्रिपूर्ण मित्रभाव चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment