Comments Add Comment

काठमाडौंमा थप ८ सय सौर्य सडकबत्ती जडान हुने

Kathmandu-Light-11
१ माघ, काठमाडौं । काठमाडौंमा झण्डै साढे ८ सय पोलमा सडकबत्ती जडान हुने भएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका विभिन्न क्षेत्रमा सोलारमा आधारित सडकबत्ती विस्तार गर्न लागेको हो । सडकबत्तीकै लागि झण्डै १० करोड रुपैयाँ बजेट खर्च गर्ने काठमाडौं महानगरपालिकाको योजना छ ।

पहिलो चरणमा सौर्य सडकबत्ती जडान गर्न महानरपालिकाले बोलपत्र आह्वानको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

थापागाउँको सडक झिलिमिली बनाइने

अघिल्लो सार्क सम्मेलन अघि रत्नपार्क तथा नयाँबानेश्वर क्षेत्रमा जडान भएका जस्तै बत्ती जडान गर्न लागिएको हो । पोलमै सोलार प्यानल र ब्याट्री सहितको सडकबत्ती जडान हुने

पहिलो चरणमा काठमाडौंको माइतिघर, सिहंदरबारको दक्षिणगेट, थापागाउँ हुँदै नयाँबानेश्वरसम्म पुग्ने सडकमा सौर्य सडकबत्ती जडान गरिने महानगरका भौतिक निर्माण विभाग प्रमुख डा.उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।

अघिल्लो सार्क सम्मेलन अघि रत्नपार्क तथा नयाँबानेश्वर क्षेत्रमा जडान भएका जस्तै बत्ती जडान गर्न लागिएको हो । पोलमै सोलार प्यानल र ब्याट्री सहितको सडकबत्ती जडान हुने रेग्मीले जानकारी दिए । यो क्षेत्रका सडकमा एक सय ३० वटा पालेमा बत्ती जडान हुनेछन् ।

क्षेत्रपाटीमा पनि सडक बत्ती राखिने

यसैगरी सोह्रखुट्टे, क्षेत्रपाटी हुँदै बसन्तपुर क्षेत्रसम्मको सडकमा पनि यही प्रकृतिको सडकबत्ती जडान गर्न महानगरले प्रक्रया अघि बढाएको छ । यो क्षेत्रमा भने एक सय ९ वटा सडकबत्ती जडान हुने रेग्मीले बताए ।

यसैगरी महनरपालिकाले यसैवर्ष अन्य विभिन्न क्षेत्रमा २ सयवटा पोलमै सौर्य प्यानसहितको बत्ती जडान गर्नेछ । ‘सबै पोलमा ४० वाटसम्मका एलइडी लाइट जडान गरिनेछ’ भौतिक निर्माण विभाग प्रमुख रेग्मीले भने-‘सडकबत्ती जोडिएपछि सडक क्षेत्रमा स्थानीयले सुरक्षाको अनुभुति गर्छन् । त्यसैले सकेसम्म धेरै सडकबत्ती विस्तार गर्न लागिरहेका छौं ।’

नयाँबजारमा विशेष योजना

मन्त्रालयले देशभरका मुख्य शहरमा जनताको लागत सहभागितामा सौर्य सडकबत्ती विस्तारको कार्यक्रम ल्याउने तयारी गरिरहेको छ

महानगरपालिकाले काठमाडौं १६ स्थित नयाँ बजार क्षेत्रमा भने सोलारमा नै आधारित भएर सडकबत्ती जडान गर्ने भएको छ ।

महानगरले स्थानीय जुडो हलमा सोलार प्यानल राखेर सौर्य बिजुली उत्पादन गर्ने रेग्मीले बताए । त्यसपछि झण्डै ४ सय पोलमा त्यही बिजुली जडान गरिनेछ । त्यो गर्दा सडकमा छुट्टै पोलको व्यवस्था गर्नुपर्ने छैन ।

विद्युत प्राधिकरणकै पालेमा सोलारबाट उत्पाद भएको बिजुलीलाई तारमार्फत पुर्‍याएर बत्ती बालिनेछ । यसलाई नमुनाका रुपमा अघि बढाउन लागिएको रेग्मीले जानकारी दिए ।

अर्को वर्षको कार्यक्रम

महानगरपालिकाले आगामी आर्थिक वर्ष सडकबत्तीकै लागि झण्डै १० करोड रुपैयाँ बजेट खर्च गर्नेछ ।

स्थानीय विकास मन्त्रालयले स्थानीयको लागत सहभागितामा थप सडकबत्ती विस्तारको कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।मन्त्रालयले एकवर्षभित्र काठमाडौंका सबै सडकमा सौर्य सडकबत्ती जडान गर्ने गरी महत्वकांक्षी कार्यक्रम तयार गरिरहेको स्रोतले बतायो ।

काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले सडकबत्तीका लागि मन्त्रालयले निश्चित प्रतिशत अनुदानको व्यवस्था गरेर विशेष कार्यक्रम ल्याइने बताएका थिए ।

मन्त्रालयले देशभरका मुख्य शहरमा जनताको लागत सहभागितामा सौर्य सडकबत्ती विस्तारको कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment