+
+
Shares

थानकोट डिपोकाे पेट्रोल भण्डार भरियो, ३५ ट्यांकरले खन्याउनै पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ५ गते २:३०

Nepal-Oil-Corporation-Thank
४ माघ, काठमाडौं । नेपाल आयल निगमको थानकोटस्थित डिपोको पेट्रोल भण्डार भरिएपछि अाइतबारदेखि अाएकाे तेल ट्यांकरमै  थन्किएको छ ।

थानकोट डिपोमा रहेका १८ लाख ७० हजार लिटर क्षमताको पेट्रोलको ट्यांकीहरु भरिएका हुन् । पछिल्ला दिनमा भारतबाट आउने पेट्रोलको परिमाण बढ्दै गएपनि निजी सवारीलाई नदिइ भण्डारण गरेर राखिएका कारण डिपोको भण्डार भरिएको हो ।

उपभोक्ताले कालोबजारीको मंहगो तेल किनिरहेका बेला आयल निगमको डिपो भने भरिएको छ । भारतबाट आएको पेट्रोल डिपोमा राख्ने ठाउँ नभएपछि १० वटा ट्यांकर अनलोड नगरी डिपो परिसरमै राखिएको डिपो प्रमुख जगन्नाथ घिमिरले अनलाइनखबरलाई जानकारी दिए ।

‘२५ वटा ट्यांकरमा पेट्रोल काठमाडौं आउँदैछ । अहिले पनि १० वटा जतिको तेल खन्याउन पाइएको छैन’  घिमिरेले भने ।
त्यसैकारण बुधबारदेखि तीन दिन निजी मोटरसाइकललाई तेल दिने निर्णय भएको उनले बताए । अब ट्याक्सीले पनि सातामा दुई पटक पेट्रोल भर्न पाउनेछन् ।

घिमिरेले अब काठमाडौंमा निजी मोटरसाइकलाई तेल दिन डिपोको भण्डारमा रहेको तेल चलाउनै नपर्ने बताए ।

‘अनलोड नभएका र आउँदै गरेका ट्यांकरको तेलले नै ३ दिन मोटरसाइकललाई बाँड्न पुग्छ’ घिमिरले भने-‘अब विस्तारै आपूर्ति सहज भएपछि बजारमा पठाउने पेट्रोलको मात्रा बढाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?