Comments Add Comment

आयल निगम भन्छः धेरै मूल्य घटाए तेल भारत नै फर्कन्छ

Nepal-Oil

७ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य विगत १२ वर्षयताकै सस्तो विन्दुमा छ । तर, नेपालमा त्यसको अनुपातमा तेलको मूल्य घटेको छैन ।

नेपाल आयल निगमले पाँच महिनामा गत सोमबार तेलको मूल्य समायोजन गरेपनि त्यसमा अधिकांश उपभोक्ता सन्तुष्ट छैनन् ।

उपभोक्ताले कालोबजारीको तेल किनिरहँदा आएको तेलको मूल्य पनि अन्तर्राष्ट्रिय बजार अनुसार तोकिएको छैन । तर, आलोचनालाई खण्डन गर्दै निगमले नयाँ तर्क अघि सारेको छ ।

नेपालमा तेलको मूल्य धेरै सस्तो बनाउँदा भारतबाट आपूर्ति भएको तेल पनि उतै फर्किने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले दाबी गरे । नेपालमा तेल धेरै सस्तो र सीमापारी महंगो हुँदा न्युन मात्रामा भित्रिएको तेलसमेत कालोबजारीका लागि भारत नै फर्किने उनको भनाइ छ ।

Mukunda Ghimire
मुकुन्द घिमिरे, प्रवक्ता, नेपाल आयल निगम

‘यता धेरै सस्तो बनाएर यताको तेल उता लैजाने समूह सक्रिय हुन सक्छ,’ प्रवक्ता घिमिरेले भने, ‘त्यसैले धेरै सस्तो बनाउँदा पनि थप समस्या आउन सक्छ ।’

अहिले भारतीय सीमा क्षेत्रमा भन्दा नेपालको तेलको मूल्य सस्तो छ । नेपालमा भन्दा भारतमा पेट्रोल ४ रुपैयाँ र डिजेल ३ रुपैयाँ महंगो छ ।

आयल निगमले डलरको मूल्य पनि महंगिएकाले तेल धेरै सस्तो बनाउन नसकिएको बताएको छ ।

ब्ल्याककै तेलले सवारी जाम

आयल निगमले ब्ल्याककै तेलको कारण सडकमा ट्राफिक जाम हुने गरी सवारी साधन चलेको स्वीकार गरेको छ । चितवनको ठोरी लगायतका नाकाबाट आइरहेको कालोबजारीको तेलले निजी सवारी टिकेको निगमको ठहर छ ।

‘हामीले काठमाडौंमा दैनिक ५० हजार लिटर तेल बाँडेका छौं । माग ३ लाख ५० हजार लिटर हो,’ प्रवक्ता घिमिरेले भने, ‘झण्डै ८० प्रतिशत सवारी गुडिरहेका नै छन् । यत्रो गाडी चल्ने तेल सबै कालोबजारीबाट आएको प्रष्ट छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment