Comments Add Comment

म्यानमारमा ऐतिहासिक दिन, सुकीको दल एनएलडीले सत्ता सम्हाल्दै

aung san suu kyi, bbc nocredit१८ माघ, काठमाडौं । म्यानमारका लागि आज सोमबार एक ऐतिहासिक दिन हो, जहाँ लोकतान्त्रिक रुपमा बनेको संसदले आफ्नो काम सुरु गर्दैछ ।

म्यानमारमा हालै चुनाव भएको थियो । यो चुनावमा लोकतन्त्र समर्थक एवं नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको पार्टी एनएलडीले बहुमत पाएको छ ।

गत साता म्यानमारमा भएको कार्यक्रममा औपचारिक रुपमा लामो समयदेखि चल्दै आएको सैन्य शासन अन्त्यको घोषणा भएको थियो ।

यद्यपि नयाँ संसदमा पनि सेनासँग एक चौथाइ सिट हुनेछ । तर, सेना समर्थित सरकारले लोकतान्त्रिक रुपमा एनएलडीलाई सत्ता हस्तान्तरण गर्नेछ ।

राष्ट्रपति थान सेनले भनेका छन्, ‘स्वतन्त्रतापछि पहिलो पटक सरकार र जनप्रतिनिधिबीच शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुँदैछ ।’

यो महत्वपूर्ण कामका लागि आफूले बाचा गरेको र त्यो पूरा हुने प्रक्रियामा रहेको उनले बताएका छन् ।

म्यानमारको विद्यामान कानूनअनुसार सूकीलाई राष्ट्रपति बन्न रोक लगाइएको छ । किनकी उनका सन्तान बेलायती नागरिक हुन् । सूची सैन्य शासनका क्रममा १५ वर्षसम्म नजरबन्दमा परेकी थिइन् ।

यो अनुमान गरिएको छ कि सूची र सेनाबीच केही सहमति हुनेछ र उनलाई राष्ट्रपति बन्न दिइनेछ ।

संसदले अब छिट्टै राष्ट्रपतिको चुनाव गर्नु पर्नेछ, किनकी वर्तमान राष्ट्रपति थान सेनले मार्चमा पद छाड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment